• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ४३ हजार ५ सय नाध्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४३ हजार ५ सय नाघेको छ।

त्यस्तै विश्वभरका १ करोड १८ लाख ४४ हजार ७ सय बढिमा जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६८ लाख १२ हजार ४ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ । 

अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ४ सय १५ पुगेको छ ।  त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६६ हजार ९३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ब्राजिलमा १६ लाख ४३ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २१ हजार ७ सय २० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७ लाख १९ हजार ४ सय १ पुगेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर