• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 03:15 am

भरतपुरबाट आठ जुवाडे पक्राउ

भरतपुर ।  जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरूलाई नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । 

स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ का ५५ वर्षीय घरधनी कर्माचार्य, ५७ वर्षीय गम्भीर श्रेष्ठ,  वडा नं २ का ४५ वर्षीय सरस्वतीकुमार श्रेष्ठ , ४१ वर्षीय अनिलकुमार श्रेष्ठ, ४९ वर्षीय राजकुमार श्रेष्ठ, ४५ वर्षीय सूर्यकुमार श्रेष्ठ, ३५ वर्षीय पुष्प श्रेष्ठ र भारत कोलकाता घर भई हाल भरतपुर–२ बस्ने ३८ वर्षीय बप्पी खान रहेका छन् । 

उनीहरु विरुद्ध जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय परिचयपत्रका लागि सोह्र हजारको विवरण दर्ता

  • २२ श्रावण, २०७७

महेन्द्रनगर। कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले  विवरण दर्ता गराएका छन् । कारोना

विदेशी पर्यटकले बनाउन सिके ‘नेपाली थाली’

  • २२ श्रावण, २०७७

पोखरा ।नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन एक दिनको तालिम लिएका छन् ।  पोखराको चिप्लेढुङ्गास्थित कान्तिपुर होटल ट्रेनिङ

राष्ट्रिय जनगणनाको १२औँ शृङ्खला पूर्णगणना हुने

  • २२ श्रावण, २०७७

काठमाडौं ।केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८