कान्तिपुर टेलिभिजनको सहकार्यमा ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुँदै

काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुने भएको छ । सोमबार कमेडी च्याम्पियनका निर्देशक बिहाल भण्डारी र कान्तिपुर टेलिभजनले सहकार्य गर्ने सहमती भएको छ । 

कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसी र रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा बीच ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारण गरिने सम्झौतापत्रमा हस्ताक्षर भएको निर्माण टिमले जनाएको छ । 

यसअघि ’कमेडी च्याम्पियन’ ले कान्तिपुर टेलिभिजनमा समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण कान्तिपुर टिभीले नै गर्ने भएको छ । कर्यक्रम भने कोरोना त्रास र लकडाउनको अवस्था हेरेर सुरुवात गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर