• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले स्थायी कमिटी बैठक असार २६ गते शुक्रबारसम्मका लागि  स्थगित भएको जानकारी दिएका छन् ।

गत शनिबारदेखि यस अघि दुई पटक स्थगित भएको बैठक तेस्रो पटक स्थगित भएको छ । दुई अध्यक्षले यस बिचमा पटक पटक छलफल गरिरहेपनि सहमतिमा पुग्न सकेका छैनन् । 
नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

तर, यी दुवै पदबाट राजीनामा नदिने अडानमा ओली रहेका छन् । यही अडानका बीच नेकपामा शक्तिसंघर्ष सुरु हुनुका साथै पार्टी फुटको संघारमा पुगेको थियो तर पछिल्ला दिनमा अध्यक्षद्वयले सघन छलफल गरी सहमति खोज्दै पार्टीलाई फुटको संघारबाट जोगाउने लक्ष्यमा अघि बढेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर