सुदूरपश्चिम प्रदेश सभामा बुधबार पनि प्रतिपक्षीकाे नाराबाजी [भिडियोसहित]

प्रतिपक्षको विरोधका बाबजुत बजेट पारित गर्ने तयारी

कैलाली। सुदूरपश्चिम प्रदेश सभामा बुधबारपनि पनि प्रतिपक्ष दलको नाराबाजीकाबीच बैठक सञ्चालन भएको छ।

सभामुख अर्जुनबहादुर थापाले २३औँ बैठकको कारबाही अगाडि बढाउनासाथ प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरू रोष्टम अगाडि पुगेर नाराबाजी गरेका थिए।

रोष्टम घेराउ गर्दै नाराबाजी भएपपनि सभामुख थापाले आर्थिक वर्ष २०७७÷७८ को अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक, सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल अघि बढाएका थिए । 

बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेर भ्रष्टाचार मौलाएको भन्दै प्रतिपक्षी दलले नियमित प्रदेश सभा बैठक अवरोध गर्दै आइरहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर