कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोराना संक्रमण

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा बुधबार थप २ चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि पनि ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार संक्रमित हुनेमा २ जना चिकित्सक कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर क्वारेन्टाइनमा बसेका थिए । दुईजना स्वास्थ्यकर्मी भने ओपीडी र वार्डमा ड्युटीमा कार्यरत हुन् । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । 

कर्णाली प्रदेश अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको यो तेस्रो पटक हो । यो भन्दा अगाडि दुई पटक देखि सकेको छ ।

असार ३ गते ५ जना स्वास्थ्यकर्मीहरुमा पहिलो पटक संक्रमण देखिएको थियो भने  असार ११ गते २ चिकित्सकसहित २ जना स्वास्थ्यकर्मीमा कोराना देखिएको थियो । उनीहरु आइतबार सबै  डिस्चार्ज भएका छन् । 

अहिले सम्म अस्पतालमा कार्यरत कोरोना संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुमा संख्या सबै १३ जना पुगेको छ ती मध्य ९ जना अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । कोरोना विशेष अस्पतालमा ड्युटी गरिरहेकाहरु संक्रमणको चपेटामा पर्ने गरेको अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले जानकारी दिए ।

सुरुमा अस्पतालको फोकल पर्सन रहेका डा. केएन पौडेल र अर्का चिकित्सक याम शर्मा संक्रमित भएका थिए । अहिले अस्पतालको फोकल पर्सनको रुपमा डा. प्रदीप न्यौपानेले रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर