• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

के भयो ओली–प्रचण्ड बीचको बुधबारको छलफलमा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल केहीबेर अघि सकिएको हो । 

पार्टीमा पछिल्लो समय पेचिलो बन्दै गएको आन्तरिक विवादबारे दुई अध्यक्षबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए । १० असारदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएसँगै विवाद उत्कर्षमा पुगेको थियो । 

पार्टी विवादबारे छलफल गर्नका लागि दुई अध्यक्ष केहीदिनदेखि निरन्तर संवादमा छन् । आजको छलफलमा विवादबारे दुई अध्यक्षको छलफल भएको तर केही प्रगति भने नभएको सापकोटाले समाचार दैनिकलाई बताए । 

उनीहरु झण्डै २ घन्टा छलफलमा बसेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर