• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ललितपुरको महालक्ष्मी नगरपालिकामा बिहीबारदेखि लकडाउनमा कडाइ, पसल समेत खोल्न नपाइने

ललितपुर । कोरोना संक्रमितको संख्या बढेपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले लकडाउनलाई कडाइ पार्ने भएको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै थप संक्रमण फैलिन नदिन वडा नम्वर ७, ८ र ९ मा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । सो वडामा औषधि र खाद्यन्न पसलबाहेकका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्ने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

 सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवा बाहेकका सबै सेवा बन्द गरिने सूचनामा उल्लेख छ । 

यस्ताे छ सूचना

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर