• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अमेरिकामा एकैदिन ६१ हजार बढीमा संक्रमण, संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघ्यो

काठमाडौं । अमेरिकामा एकै दिन ६१ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ६१ हजार ४ सय ७९ मा संक्रमण देखिएको छ । साथै ८ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ । 

अमेरिकामा कुल संक्रमितको संख्या ३१ लाख ५८ हजार ५ सय ६३ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४१ पुगेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ । 

संक्रमितमध्ये १३ लाख ९२ हजार १ सय ९४ जना उपचारपछि घ र फर्केका छन् । साथै १६ लाख ३१ ह्जार ५ सय २८ जना उपचार गराइरहेका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर