बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन 

एजेन्सी । बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ । उनको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो  । उनी विशेष गरी सुरमा भोपाली नामले चर्चित थिए । 

लामो समयदेखि सक्यान्सर रोगबाट पीडित उनको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको  भारतीय मिडियाले जनाएको छ । 

उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन् ।

सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । 

जगदीपले सुरुमा बाल कलाकारको रुपमा मास्टर मुन्नाको रुपमा बीआर चोपडाको फिल्मा ‘अफसाना’मा खेलेका थिए । ‘लैला मजनु’मा पनि बालकलाकारको रुपमा उनले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर