• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 04:21 am

गरिबी निवारण कोषका सातवटा गाडी नै गायब, एक हजार १५ जिन्सी सामान चोरी

काठमाडौं । गरिबी निवारणका लागि विश्व बैंक र सहयोगी दातृ निकायबाट आएको २९ अर्ब अनुदानबाट कति गरिबको जीवन उत्थान भयो भन्ने यकिन छैन । कोषले नै आफ्नै कार्यक्रमको अनुगमन गरेको छैन ।

तर, पदाधिकारी र कर्मचारीको जीवन उत्थान भएको मान्न सकिन्छ किनकि कोषको कार्यालयबाट पेनड्राइभ, ल्यापटप, कुर्सी, सोफा, ग्यास सिलिन्डर र हिटरदेखि मोटरसाइकल र गाडीसमेत गायब भएका छन् ।

अनुदानमा आएको २९ अर्बमध्ये १० अर्ब प्रशासनिक काममा खर्च भएको र लगानी भएको भनिएको १९ अर्बको पनि जवाफदेही कोही नभेटिएको भनेर राष्ट्रिय सतर्कता केन्द्रले नै थप छानबिनको सिफारिस गरेको छ ।

केन्द्रको छानबिन समितिले कोषमा भएको बेथिति उजागर गर्दै भनेको छ– कोषको कार्यालयबाट सातवटा गाडीसहित एक हजार १५ जिन्सी सामान नै गायब गरिएका छन् ।

गरिबी निवारण कोषको आव ०६२र६३ देखि ०७४र७५ सम्मको जिन्सी निरीक्षण प्रतिवेदनमा जम्मा दुई हजार चार सय ३१ प्रकारका जिन्सी सामग्री रहेको रेकर्डबाट देखिन्छ ।

तर, तीमध्ये एक हजार १५ सामान कोषबाटै गायब गरिएको ठहर छानबिन समितिको छ । यसरी गरिबको नाममा आएको अनुदानबाट किनिएका चार करोड १४ लाख ७२ हजार दुई सय ४८ रुपैयाँका सामान कसले लग्यो रु यस विषयमा छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ ।

छानबिनले कोषमा आश्चर्य लाग्ने गरी अनियमितता हुने गरेको उजागर गरेको छ । यतिसम्म कि कोषमा पंखा, टी–टेबल, ह्वाइटबोर्ड, कुर्सी, प्रिन्टर, सोफा, ¥याक, टेलिफोन, मोबाइल, क्यालकुलेटर, पेनड्राइभ, कम्प्युटर, ल्यापटप, क्यामेरा, ग्यास सिलिन्डर, स्पिकर, हिटरलगायत सामान नै गायब भएको फेला पा¥यो ।

सतर्कताको प्रतिवेदनअनुसार कोषबाट दुई करोड ३२ लाख ९४ हजार रुपैयाँ मूल्यका गाडीसमेत गायब छन् ।

४३ लाख ९७ हजारका दरले किनिएका दुईवटा हुन्डाई टेरोक्यान जिप, ३६ लाखका दरले किनिएका तीनवटा निसान पिकअप, १८ लाखका दरले किनिएका दुईवटा टोयोटा इको कार गरी सातवटा गाडी कोषबाट गायब भएका छन् ।

त्यस्तै, ९९ हजार नौ सयमा किनिएको यामाहाको एउटा मोटरसाइकल पनि नभेटिएको प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लेबनान विस्फोटमा सयभन्दा बढीको मृत्यु, चार हजार घाइते : बेरुतमा रहेका नेपाली भन्छन्– सुरक्षित छौँ

  • २२ श्रावण, २०७७

काठमाडौं । मध्यपूर्वी मुलुक लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विस्फोटमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । करिब चार हजारजना घाइते भएका छन् ।

१३ मध्ये १० संवैधानिक निकाय अपूर्ण, पदाधिकारी नियुक्त नहुँदै धमाधम किनिए गाडी

  • २२ श्रावण, २०७७

काठमाडौं । राज्यको सेवा–सुविधा र अवसरबाट वञ्चित भएर पछाडि परेका समुदायको उत्थान र सशक्तीकरण गर्ने उद्देश्यले व्यवस्था गरिएका संवैधानिक निकायहरू

आजको राशिफल : साउन २२ गते बिहिबार विशेष

  • २२ श्रावण, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाईदा होला । पुनर्मिलनको योगपनि रहेको छ