सुशान्तपछि अभिनेता सुशील गौडाले गरे आत्महत्या

एजेनसी । बलिउडमा सन् २०२० सुरु भएदेखि धेरै अप्रिय घटनाहरु घटिरहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको चेटामै बलिउड कलाकार ऋषि कपुर, इरफान खान, सरोज खान र बुधबार मात्र हास्य कलाकार जगदिपको निधन भएको छ । 

केही समयअघि बलिउडले अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान गुमाए ।  यसैबीच बलिउडले फेरि अर्का कलाकारलाई गुमाएको छ । भारतीय मिडिया नवभारत टाइम्सका अनुसार  कन्नड टिभी अभिनेता सुशील गौडाले पनि पासो लगाएर आफ्नो ज्यान फालेका छन् । 

३० वर्षका सुशीलले मंगलबार पासो लगाएर ज्यान फालेको बताइएको छ । उनले रोमान्टिक सिरियल अन्तपुरामा पनि अभिनय गरेका थिए । उनले कन्नड फिल्म उद्योगमा आफुलाई स्थापित गर्ने प्रयास गरिरहेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर