• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 07:13 pm

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना सतर्क रहन आग्रह

काठमाडौं । आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।  प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । 

भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई  थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणले जनाएको छ ।  

ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध हुने जनाएको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

  • २० श्रावण, २०७७

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको

कोरोनाको आशंकामा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ६० जनाको स्वाब संकलन

  • २० श्रावण, २०७७

काठमााडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना परिक्षणका लागि प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन गरेको छ

सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेशनमा पाँच सय शैय्या थप गर्ने निर्णय

  • २० श्रावण, २०७७

जनकपुरधाम  । कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय शैय्या उपचार सहितको आइसोलेशन बेड थप्ने निर्णय  भएको छ । कोरोना महामारी