• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जान्नुस् कुन तरिकाले सुत्दा स्वास्थ्यको लागि फाइदा हुन्छ

एजेन्सी । स्वस्थ रहनको लागि खाना र व्यायामको जति आवश्यक छ त्यतिनै आवाश्य निद्राको छ । विज्ञहरुको भनाई अनुसार स्वस्थ रहनको लागि प्रत्येक व्यक्तिलाई कम्तिमा ८ घण्टाको निद्रा आवश्यक पर्छ । त्यसको लागि तपाई सही गलत कस्तो तरिकाले सुत्नुहुन्छ त्यसमा पनि भर पर्छ । 

गलत तरिकाले सुत्नाले केवल तपाईको निद्रामा मात्र बाधा पुग्दैन पेटहरु दुख्ने,घाँटी दुख्ने र गर्दन दुख्ने  लगायतका दीर्घकालीन समस्या निमत्याउँन सक्छ । 

हरेक समय निद्रा र थकानले सताउँछ 
आजकाल मानिसहरु पुरै निद्रा सुतेर पनि थकान र सुस्त महसुस गर्छन । उनीहरु सोच्छन् की, यो प्रयाप्त निद्रा नभएको कारण भएको हो । तर खास कारण गलत तरिकाको सुताइले गर्दा यस्तो भएको हो । गलत तरिकाको सुताईले तपाईलाई मानसिक विश्राम पुग्दैन । जसले गर्दा थकान, चिन्ता जस्ता समस्याले सताउँछ । 

सहि तरिकाले कसरी सुत्ने ?
आरामदायी निद्राको लागि सुत्ने सही तरिका हो शवासन अर्थात एकदम सिधा भएर सुत्ने । जसलाई सैनिक तरिका पनि भनिन्छ । पीठको साहेतामा हातलाई सिधा गरेर सुत्नुलाई निकै उत्तम तरिका मानिन्छ । जसले शरीर दिमागलाई आराम दिन्छ । यदि सक्न हुन्छ भने बिहान १०, १५ मिनेट योगासन गर्नाले पनि राम्रो निद्रा पर्छ । 

तकिया बिना सुत्नु फाइदाजनक छ 
तपाई यदि तकिया बिना सुत्न सक्नु हुन्छ भने यो तरिका तपाईको स्वास्थयको लागि निकै फाइदाजनक छ । यसरी सुत्दा तपाईको मेरुदण्ड सीधा हुन्छ । पेटमा कुनै एसिड जम्मा हुन सक्दैन । साथै यसरी सुत्दा अनिद्रा र अनुहारको चमक्क पनि बढाउँछ । 

टाउको दुख्ने चिन्ताबाट राहत
तकियाको प्रयोग बिना सुत्ने गरियो भने धेरै टाउको दुख्ने समस्या कम हुन्छ । साथै कम्मर दुख्ने, गर्दन दुख्ने समस्याबाट राहत मिल्छ । 

लग तरिका पनि सही छ
तपाई यो तरिकाले सुत्ने समयमा दायाँ तथा बायाँ मात्र फर्कन सक्नु हुन्छ । त्यसको लािग तपाईको दुई हात तकिया भन्दा तल र गोडा एक अर्कामा खप्टाइर सिधा सुत्नुपर्छ । साथै तपाई तकियालाई गोडाले च्यापेर पनि सुत्न सक्नु हुन्छ यसरी सुत्दा तपाईको शरिरको कुनै पनि भागमा धेरै दबाब पर्दैन साथै शरीरमा राम्रोसँग रक्त सञ्चार हुन्छ अनि  मिठो निद्रा आउँछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर