• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फेर्नानडेज, मानसन ग्रीनवूड र पाउल पोग्वाले एक एक गोल गरेका थिए ।यो जितपछि युनाइटेडले महत्वपूर्ण तीन अंक बटुलेर ३४ खेलमा ५८ अंक बनाएको छ । साथै लिगको पाँचौ स्थानमा रहेको छ ।

आउदो सिजनमा च्याम्पियन्स लिगमा छनौट हुने अभियानमा रहेको युनाइटेड चौथो स्थानका लागि चेल्सी र लेस्टर सिटीसँग प्रतिष्पर्धा गरिरहेको छ ।चेल्सी अहिले ३४ खेलपछि ६० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने लेस्टर ३४ खेलपछि ५९ अंकसहित चौथो स्थानमा झरेको छ ।


  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर