• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

 विश्वभर संक्रमितको संख्या १ करोड २२ लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड २२ लाख २० हजार १ सय ६६ पुगेको हो । 

त्यस्तै, ५ लाख ५३ हजार ४ सय ३८ पुगेको छ ।  हालसम्म ६६ लाख ९६ हजार ६ सय ३२ जना संक्रमणमुक्त भइसकेका छन् ।  

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित ३१ लाख ११ हजार ९ सय २ पुगेका छन् भने १ लाख ३३ हजार १ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलमा १७ लाख ५५ हजार ७ सय ७९ संक्रमित र ६९ हजार १ सय ८४ मृत्यु, भारतमा ७ लाख ६७ हजार २ सय ९६ संक्रमित र २१ हजार १ सय २९ को मृत्यु तथा रुसमा ७ लाख ६ हजार २ सय ४० संक्रमित र १० हजार ८ सय २६ को मृत्यु भएके छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर