• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको फराकिलो जीत, टोटेनहम भने बराबरीमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्ला माथि ३–० को फराकिलो जीत दर्ता गरेको हो ।

म्यानयुलाई जिताउन ब्रुनो फर्नान्डो, मेसन ग्रीनउड र पौल पोग्बाले एक एक गोल गरेका थिए । जीतसँगै म्यानयु ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पराजित भएको भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
यस्तै, प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एभर्टन र साउथ ह्याम्पटन एक एक गोलको बराबरीमा रोकिएका छन् । ३१ औं मिनेटमा साउथ ह्याम्पटनका विलियन इंग्सले गोल गर्दै अग्रता दिलाए पनि ४३ औं मिनेटमा एभर्टनका रिचर्लसनले बराबरी गोल गरेका थिए । एर्भटन १० औ तथा साउथ ह्याम्पटन ११ औं स्थानमा छन् ।

अर्को खेलमा टोटनेहम र एएफसी बर्नमाउथ भने गोलरहित बराबरीमा रोकिएका छन् । बर्नेमाउथसँगको बराबरीसँगै टोटेनहमले ४९ अंक जोडेको छ । टोटेनहम लिगको नवौं स्थानमा रहेको छ ।

बर्नेमाउथ २८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर