• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

लमजुङमा पहिरोले घर पुरियो, एकै परिवारका ३ जनाको मृत्यु

प्रतिकात्मक तस्विर

लमजुङ ।  लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिंदा एकै घरका तीन जनाको मृत्यु भएको छ । 

घरधनि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।

राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरु तीनै जनाको मृत्यु भएको डिएसपी थापाले बताए ।

राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेका डिएसपी थापाले जानकारी दिए ।

पहिरोले वरपरिका अन्य घरमा भने कुनै क्षति नगरेको प्रहरीले जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर