• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 05:13 pm

गठन भएको २७ महिनापछि कर्णाली प्रदेशसभाका संसदीय समितिले नेतृत्व पाउँदै

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । ‘मिनि संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना हुने गरेको थियो । कर्णाली प्रदेशसभामा विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, सामाजिक विकास र अर्थ तथा प्राकृतिक स्रोत समिति गरी चार संसदीय समिति छन् । 

प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्ष पदमा निर्वाचन हुने जानकारी दिए । त्यस्तै, असार २७ गते साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ । 

समितिमा हालसम्म सदस्यमध्येबाट ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको छ । अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली काँग्रेसका दिनबन्धु श्रेष्ठले गर्दै आएका छन् ।  २०७४ चैतमा विषयगत समिति गठन भएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पहुँचको भरमा सवारी चालक अनुमति पत्र वितरण नगर्न मुख्यमन्त्री शाहीको निर्देशन

  • ८ असोज, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पहुँचको भरमा लाइसेन्स वितरण नगर्नको लागि यातायात व्यावस्था कार्यालय सुर्खेतका

अध्याँरो जिते बजारको बाटोलाई बमले यसरी उज्यालो बनाए

  • ८ असोज, २०७७

सुर्खेत । कालिकोटको चर्चित हाट बजारको रुपमा रहेको जिते बजारमा कालिकोट पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमले  ५ वटा सौर्य बत्ति जोडेर

गाडीसहित खोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना वेपत्ता

  • ८ असोज, २०७७

काठमाडौं । कपिलबस्तुको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना