राजेश हमालको समर्थन गर्दै पुजनाले दीपाश्रीमाथि यसरी पोखिन् आक्रोश (भिडियोसहित)

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा आज भोली विवादका धेरै विषयहरु सार्वजनिक भइरहेको छ । केही दिन अगाडी हास्य कलाकार दिपा श्री निरौलालले ‘रजतपत अंकल’ प्रकाश सुवेदीसँग दिएको अन्तर्वातामा राजेश हमाल महानायक हो र ? भन्ने विवादास्पद अभिव्यक्ति दिएकी  थिइन् । जसको कारण सामाजिक सञ्जालमा दिपा श्रीको चर्को विरोध भइरहेको छ । 

यही क्रममा अभिनेत्री पुजना प्रधानले दिपा श्रीमाथि  आक्रोस पोखेकी छिन् ।  उनले सामाजिक सञ्जालमार्फत एक भिडियोमा अभिनेता हमालको समर्थन गर्दै  नेपाली फिल्मलाई काँधमा बोकेका राजेश हमाललाई दिइएको टाइटल नेपाली दर्शकले दिएको बताएकी छिन् । उनले भिडियोमा यस बिषयमा कसैले प्रश्न उठाउन पनि नहुने बताएकी छिन् । 

उनले दीपाश्रीको कुरा सुनेर अचम्म परेको बताउदै दीपाश्रीको कुरा सुनेर उनीलाई ‘महानायिका’ र दीपकराज गिरीलाई ‘महानायक’ भनेर संवोधन गर्नुपर्ने बुझेको बताइन् । भिडियोमा उनले दीपक र दीपा कमेडीका लागि  मात्र भएको र हास्नकै लागि हलसम्म नभई टेलिभिजन सेटमै कमेडी कार्यक्रम आइरहेको बताइन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर