• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेविसंघका नेता बस्नेतले पाए अदालतबाट सफाई

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा शंकरदेब क्याम्पसका सभापति शुभराम बस्नेतले अदालतबाट सफाइ पाएका छन् । उनले जिल्ला अदालत सोलुखुम्बुबाट सफाइ पाएका हुन् ।

लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले आफ्नो दलका तीनजना नेतामाथि झुठो आरोप लगाएर धरपकड गरेको कांग्रेसले यसअघि नै बताइसकेको थियो । बिहीबार उनले जिल्ला अदालतबाट सफाइ पाएसँगै यसको पुष्टि भएको नेविसंघका नेताहरुले बताउन थालेका छन् । 

सामाजिक सञ्जाल फेसबुमा नेता बस्नेतको रिहाई भएसँगै बधाई भन्दै ‘न्यायको जित’ भएको टिप्पणी हुन थालेको छ । प्रहरीको मिलेमत्तोमा नेताहरु शुभराम बस्नेत, युवा नेता सरोज बस्नेत र उत्तम खड्का पक्राउ परेको कांग्रेस नेताहरुले बताएका थिए ।

साथै, यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष ध्यानाकर्षण समेत बुझाइएको थियो । गत २ असारमा महासमिति सदस्य खिलराज बस्नेत,भोजराज कार्की,अशोक झा,प्रकाशसिंह कार्की,हुतराज बस्नेत,युवराज घिमिरे गोकर्ण बस्नेत,दिप थापामगर लगायतले ध्यानाकर्षण बुझाएका थिए ।

त्यस्तै, प्रतिनिधिसभा बैठकमा पनि नेताहरुको रिहाइको माग कांग्रेस सांसदहरुले उठाएका थिए ।

याे पनि :

गाउँपालिका अध्यक्षद्वारा कांग्रेसका तीन नेतालाई धरपकड ! गृहमन्त्रीसमक्ष ध्यानाकर्षण

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर