• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ईन्द्रावति गाउँपालिकामा बन्न लागेको रंगशालाको शिलान्यास

काठमाडौं । ईन्द्रावति गाउँपालिकाको वडा नं ५ मा बन्न लागेको रंगशालाको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शुक्रबार एक कार्यक्रमकाबीच रंगशालाको शिलान्यास गरेका हुन् ।

यो सँगै ‘ईन्द्रावती गाउँपालिकाको रंगशाला निर्माण’ नाम दिइएको उक्त आयोजना निर्माण सुरु भएको छ । आयोजना निर्माणको जिम्मेवारी वोल्र्डवाइड आर बी.जे.भी ले पाएको छ । आयोजनाको सम्झौता ०७७ जेठ २१ गते भएको थियो भने काम ०७७ जेठ २६ गते भएको हो । 

आगामी माघ २१ गतेसम्म सम्पर्क गरिसक्नुपर्नेगरी पालिकाले निर्माण जिम्मा पाएको कम्पनिसँग सम्झौता गरेको छ । ईन्दावति गाउँपालिकाका खेलाडीहरुलाई सहज र खेलकुदलाई अझै प्रभावकारी रुपमा अघि बढाउने लक्ष्यका साथ रंगशाला निर्माणको तयारी थालिएको हो । 

रंगशाला निर्माण भएसँगै गाउँपालिकाका युवाहरुको खेलकुद विकासका लागि अमूल्य सहयोग पुग्ने अपेक्षा आफूहरुले लिएको अध्यक्ष तामाङले बताएका छन् ।

​​​​​​

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर