• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ओलीको पक्षमा जुलुुस रोकेर बाढी रोकथामा लाग्न शंकर पोखरेलको निर्देशन

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपीश शर्मा ओलीको पक्षमा भएको विरोध रोकेर बाढी रोकथाममा लाग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने पोखरेलले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फ उक्त अपिल गरेका छन् । 

केहीदिनदेखि काठमाडौंमा रहेर छलफलको अग्रणी भूमिकामा रहेका पोखरेलले पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रकृयालाई अघि बढाउन भूमिका खेल्ेने सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथसहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा (वुटवल) फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै सम्वादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’

पार्टी एकताले नै आजको शक्ति आर्जन भएको टिप्पणी गर्दै उनले अघि भनेका छन्,‘पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ ।’ प्रधानमन्त्री ओलीका विश्वास पात्रमध्येका एक मानिने पोखरेल पार्टी विवादको नजिकमा बसेर अध्ययन गरिरहेकामध्येको एक मानिन्छन् । 

१० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि विवाद उत्कर्षमा पुगेको थियो । पछिल्ला केहीदिन नेकपाका अध्यक्षद्वयले संवाद पनि चलाएका थिए । दुई अध्यक्षबीचको छलफल हिजो र आजभने हुन सकेन् । यसअघिका छलफल निश्कर्षविहिन भएको थियो । 

पोखरेलले भनेका छन्,‘पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौं । निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन ।’

नेपालभारत बीचको सिमाविवाद समाधानगर्ने उद्देश्यकासाथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्,‘सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ । यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प हो । छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एकभएर साथ दिनेवेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन । यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ ।’

उनले अघि भनेका छन् ‘यतिवेला जनता कोभिड १९ र वाढी पहिरोको त्रास र पीडामा छन् । उनीहरुको सेबागर्नु हामी सबैको कर्तव्य हो । अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मननगरी चालु वैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ । यसलाई सदुपयोग गर्दै धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडमा रहेका जनताको सेवामा जुटौं ।’

उनले अन्तिममा भनेका छन्,‘वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर