• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 04:04 pm

प्रेमको भिक्षा

.....
जिन्दगी सुस्केरा हाल्दै 
कहिले उकाली त कहिले ओराली गरिरहेछ
बोक्न नसक्ने एउटा विचारको भारी
बिसाउने यहाँ चौतारी खोजिरहेछ
किन किन आजकल मन पनि भारि भा छ
गोँधुली साँझमा मन बिसाएर थकाई मारिरहेछ
हरेक दिन

यो मन सपना बुन्छ, महिना गन्छ
मनदेखि छुटेको पनि आज वर्षौं भयो भन्छ
त्यसैले यो मन सधैं ऋतु चक्रझैं घुमिरहेछ
तर मनले देखेको आँखाले भेटेको
हो त्यही आदमी खोजिरहेछ
घामले छोडेपछि जून आउँछ जस्तो लाग्थ्यो
तर त्यस्तो होइनरहेछ

जिन्दगीको मोडमा औंशीको रात बिर्सिएर
किन–किन यो मन जङ्घार तर्न खोजिरहेछ
जब रात पर्छ एक्लिएको मन
जुनकिरीको उज्जालो पछ्याउँदै
गगनका तारा गनिरहेछ
मौन संवादमा पनि शशी मुस्कुराउँदै
यो तन स्पर्श गरिहेछ र त 
जिन्दगीले ऐना हेरि लजाउँदै
मनको सङ्घारमा उभिएर
प्रेमको भिक्षा मागिरहेछ        

....

ललितपुर

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

समकालीन सात कविका ‘यतैकतै’ बजारमा 

  • ७ असोज, २०७७

काठमाण्डौं । समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा  कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक

मदन पुरस्कार ‘महारानी’उपन्यासलाई , जगदम्बाश्री ठटाललाई

  • ४ असोज, २०७७

काठमाडौँ । मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको

कविता : छेपारो र नेता

  • ३ असोज, २०७७

लगातारको झरी, आगो सल्केला झैँ गरि लागेको चैतमासको खरेडी या त, हरियै पात झार्नेगरि चलेको बतास ! यस्तै बेला हो, छेपारोलाई पनि ओत लाग्ने ठाउँको याद आउँछ