अमिताभसँगै अभिशेष बच्चनकाे कोरोना रिपोर्ट पोजेटिभ, ऐश्वर्या रायको रिपोर्ट आउन बाँकी

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनसँगै छोरा अभिशेष बच्चनलाई पनि कोरोना संक्रमण भएको छ  । 

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले बताए अनुसार अमिताभ बच्चनसँगै अभिशेष बच्च्नको पनि एन्टिजेन टेष्ट गराइएको थियो जसको रिपोर्ट पोजेटिभ आएको छ । उनको परिवारको सदस्य ऐश्वर्या राय बच्चनको पनि कोरोना परिक्षण गरिएको छ । उनको रिपोर्ट आइतबार आउने छ ।

अमिताले आफूलाई कोरोना भएको जानकारी ट्वीटर मार्फत दिएका हुन् । अभिशेष बच्च्नले पनि आपूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीट मार्फत नै गारएका हुन् । उनले ट्वीटमा लेखेका छन् –‘ आज म र मेरो बुबाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । हामी दुबै जनालाई सामान्य लक्ष्यण छ । हामी दुबै जना अस्पताल भर्ना भएका छौँ । सबैजालाई अनुरोध छ कोही पनि डराउनु पदैन । ’ 

 

Earlier today both my father and I tested positive for COVID 19. Both of us having mild symptoms have been admitted to hospital. We have informed all the required authorities and our family and staff are all being tested. I request all to stay calm and not panic. Thank you. ????????

— Abhishek Bachchan (@juniorbachchan) July 11, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर