• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

स्पेनिस ला लिगा : बार्सिलोनाको जितसँगै रियलसंगको अंकदुरी १ अंकमा

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ ।  गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर