• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि हारबाट जोगियो युभेन्टस

क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टस इटालियन सिरी ‘ए’ मा एटलान्टासँगको हारबाट जोगिएको छ ।

गए राति युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

युभेन्ट्सका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमा गरेका थिए । उनले लिगको २८ खेलमा २८ गोल गर्न सफल रहे । शीर्ष स्थानको युभेन्ट्सको ७६ अंक छ ।

तेस्रो स्थानको एटलान्टाको ६७ अंक छ । एटलान्टा दोस्रो स्थानको लाजियो भन्दा मात्र एक अंकले पछि छ । बराबरीको नतिजासंगै क्लबले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर