• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाएरै छाडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिएपछि पहिलो पटक मास्क लगाएका छन ।  कुनै हालतमा मास्क नलगाउने जिद्दीमा रहेका राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका हुन् ।  वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड सैनिक अस्पतालमा भेट्रानहरुलाई भेट गनए जाने क्रममा ट्रम्पले मास्क लगाएको बीबीसीले जनाएको छ । 

कोरोना भाइरसको महामारी शुरु भएदेखि नै मास्कको विपक्षमा रहेका ट्रम्पले एक पटक फोर्ड गाडीको शो रुममा जाँदा पत्रकारले नदेख्ने गरी भने मास्क लगाएका थिए ।

अमेरिकामा साढे ३३ लाख मानिस त संक्रमित भइसकेका छन् त्यहाँ संक्रमितको दर झनै उकालो लाग्दै छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मलाई लाग्छ मास्क लगाउनु उत्कृष्ट कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास छ ।’

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले सबैलाई बाहिर निस्कँदा मास्क वा रुमालले मुख छोप्न निर्देशन नै जारी गरेको छ । तर ट्रम्पले सो निर्देशन नमान्ने बताएका थिए । 

मास्कको विपक्षमा रहेका ट्रम्पले यतिसम्म भनेका थिए , ‘मलाई लाग्दैन कि मैले मास्क लगाउँछु । मास्क लगाएर अरु देशका राष्ट्रपति, प्रधानमन्त्री, शासक, राजा, रानीसँग भेट गर्नु, म यो सम्भव देख्दिनँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर