अमिताभ र अभिषेकपछि ऐश्वर्या राय र छोरी आराध्यालाई पनि संक्रमण पुष्टि

एजेन्सी । बलिउडको चर्चित परिवार बच्चन परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनपछि अभिषेककी पत्नी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

यसअघि उनकै परिवारका बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या  र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । हाल होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

आइतबार बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुवैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नायक अभिषेक बच्चनले यो परिस्थितिमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर