• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उपत्यकामा ६ सहित थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

काठमाडौंमा ५ र ललितपुरमा एक जना गरी उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाकोमात्र पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् । 

त्यस्तै ८ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् । हिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

हालसम्म उपत्यकाका तीन सय ४७ जनामा संक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर