• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

महामारीका बीच पोल्याण्डमा राष्ट्रपति चयनका लागि मतदान

वार्सा । कोभिड–१९ महामारीका बीच युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्कीले प्रतिस्पर्धा गरेका छन् । 

डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ । उनीहरुले डुडालाई नै थप पाँच बर्षका लागि राष्ट्रपति बनाउन चाहेका छन् । उनी फेरी निर्वाचित भए भने उनको त्यो दोस्रो कार्यकाल हुनेछ ।

अर्का प्रतिस्पर्धी राफललाई भने प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको छ । जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म शक्तिमा रहेको थियो । 

राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका दुवै जना ४८ बर्षका रहेका छन् । उनीहरुबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । पछिल्ला सर्वैक्षणहरुले उनीहरुका बीचमा झिनो मतान्तरले जित तथा हार हुने देखाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर