• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सबै सांसदलाई आ–आफ्नो क्षेत्रको सुरक्षामा लाग्न राष्ट्रियसभा अध्यक्षको अनुरोध

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै भएको भारी वर्षा र विभिन्न क्षेत्रमा भएको बाढी, पहिरो र डुबान लगायतका कारणले विपतको जोखिममा परेको बस्ती संरक्षणमा तदारुकताका साथ लाग्न राष्ट्रयसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अनुरोध गरेका छन् । 

बाढी, पहिरोबाट ज्यान गुमाउनेप्रति उनले श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, ‘संकटको यस घडिमा बाढी तथा पहिरोमा परिवार गुमाउनु हुने तथा प्रभावित परिवारको तुरुन्त उद्दार, राहत, पुर्नर्स्थापना तथा विपतको जोखिममा परेको बस्ती संरक्षणमा तदारुकताका साथ लाग्न नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार तथा सम्बद्ध अधिकारीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’
 
‘लगातार तीन दिन देखिको अविरल वर्षाका कारण मुलुकभरमा १८ जिल्ला बढी प्रभावित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार प्रभावित जिल्लामध्ये म्याग्दीमा–२८, जाजरकोटमा–९, कास्कीमा–७, लम्जुङमा–३, रुकुम पश्चिममा–२, सिन्धुपाल्चोकमा–३, नवलपरासीमा–२, कालिकोटमा–१, गुल्मीमा–१ र सुनसरीमा–१ गरी ५५ जनाले ज्यान गुमाएका छन् ।’ उनले एक विज्ञप्त्मिार्फत भनेका छन्, ‘यसैगरी सिन्धुपाल्चोकमा–२०, जाजरकोटमा–६ र म्याग्दीमा–३ गरी ३० जना अझै बेपत्ता नै छन् भने विभिन्न जिल्लामा गरी करिब ५० जना घाइते भएका छन् । अहिलेसम्म बाढी तथा पहिरोबाट बिस्थापित घर परिवारको संङ्ख्या झन्डै ८०० पुगेको छ ।’

संघीय संसद अधिवेशन अन्त्य भएको भन्दे उनले भनेका छन्,‘साथै संघीय संसद अधिवेशन अन्त्य भएको यस अवस्थामा सम्पूर्ण माननीय सदस्यहरुलाई आ–आफ्नो क्षेत्रमा आवश्यक सहयोग, समन्वय गर्न अनुरोध गर्दछु । अझ केही समय मनसुन सक्रिय रहने हुँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सचेत, सजग र सुरक्षित रहन समेत आब्हान गर्दछु ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर