• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाल्पामा ३ सय ५३ जनाले जिते कोरोना, आइतबार थप ५० जना डिस्चार्ज

पाल्पा । आइतबार थप ५० जनाले कोरोना जितेर घर फर्किएसंगै पाल्पाबाट कूल ३ सय ५३ जना कोरोना भाइरस जितेर घर फर्केका छन् । जिल्लाभरका कूल ५ सय ५० संक्रमित मध्ये १ सय ९७ जना मात्रै आइसोलेशनमा रहेको र अन्य सबैलाई एक साता घरमै क्वारेन्टिनमा बस्नेगरी बिधाई गरिएको स्वास्थ्य कार्यायका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । 

कोरोना भाइरस जितेर घर फर्किनेहरुमा सबै भन्दा धेरै रामपुर नगरपालिकाका १ सय ६ जना, निस्दी गाउँपालिकाबाट ९५ जना रहेका छन् ।

यस्तै, माथागढी गाउँपालिकाका २७, पूर्वखोलाका ३४, रैनादेवी छहराका २०, रम्भाका २५, बगनासकाली गाउँपालिकाका २६, तानसेन नगरपालिकाबाट ६, रिब्दीकोट र तिनाउ गाउँपालिकाका चार÷चार, पाल्पामा उपचाररत स्याङ्जा र गुल्मीका एक÷एक र अघाँखाचीका दुई जना निको भएर घर फर्केका छन् ।

चार वटा स्थानीय तहहरु मिलेर निर्माण गरेको आइसोलेशनबाट सबैलाई बिधाई गरेपछि सो आइसोलेशन हालका लागि खाली भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा संक्रमितहरु थपिनेक्रम कम भएको र निको भएर घर फर्किनेको संख्या बढेसंगै लकडाउन खुकुलो भएको छ । जस्का कारण जिल्ला सदरमुकाम लगाएत स्थानीय बजारहरुमा मानिसहरुको चहलपहल समेत बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर