युवती आत्महत्या प्रकरण : सासु र श्रीमानको यातना सहन नसकेर आत्महत्या गरेको आमाको दावी

जनकपुरधाम । गत मंगलबार जनकपुरको विद्यापती चोकमा झुण्डिएर आत्महत्या गरेकी कल्पना ठाकुरलाई पति र सासुले मानसिक यातना दिएका कारण आफ्नो छोरीले आत्महत्या गरेको युवतीको आमाले दाबी गरेकी छन् । 

आफ्नो छोरीलाई उनको पति र सासुले जग्गा आफ्नो नाउँमा गराउनका लागि पटकपटक मानसिक यातना दिदै आएकोले सहन नसकेर असार २३ गते पासो लगाएर आत्महत्या गरेको मृतककी आमा रिंकी पाण्डेले बताइन् ।

मृतक कल्पनाकी आमाले भनिन, ‘छोरी कल्पनाको विवाह महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–२ डाम्हीका महेन्द्र ठाकुरको छोरा जितेन्द्र ठाकुरसँग २०७४ सालमा ८ लाख रुपैयाँ दाइजो दिएर गराएको थिएँ । कल्पना केही महिनादेखि हामीसँगै बस्दै आएकी थिईन । लकडाउन भन्दा पहिले छोरी र ज्वाई बिच जग्गा नामसारीको बिषयलाई लिएर पटक पटक कचकच भईरहन्थ्यो ।’ 

अन्दाजी १५÷२० दिन पहिला ज्वाई जितेन्द्र आफ्नो कार्यस्थल सर्लाहीको लालबन्दी फर्केपनि छोरी र ज्वाईको बिचमा फोनमा कचकच चल्दा कल्पना टेन्सनमा रहन्थ्यो,‘उनले भनिन‘मेरो छोरीलाई उसको पतिले आफ्नो आमाको इसारामा जग्गाको लागि पटक पटक मांसिक यातना दिदैं आएको थियो । हामीले जतिसक्यौं सबैथोक उनीहरुलाई दिएकै हौं तर उनीहरुले हामीलाई डाईरेक्ट नभनि मेरो छोरीलाई लगातार तनाव दिदैं आईरहेको थियो ।

फोनमा पनि ज्वाईले कल्पनालाई पटक पटक गालीगलौज र अपशब्द प्रयोग गथ्र्यो । यो सब कुरा कल्पना हामीसँग बस्न थालेपछि मात्र हामीले थाहा पायौं तर उसलाई उनीहरुले विवाह भएको करिव एक बर्ष पश्चात नै निरन्तर मांसिक तनाव दिईरहेको थियो ।’ 

निरन्तरको मांसिक तनाव र पतिको गालीगलौज तथा अपशब्दले आजित भएर आफ्नो छोरीले सहन नसकेर अन्त्यमा मृत्युको बाटो रोजेको मृतकका पिता दरोगा साहले बताए ।

उनले भने,‘धनको लोभमा परेर उनी ९जितेन्द्र० मेरो छोरीसँग विवाह गर्न राजी भएका थिए । मैले आफ्नो छोरीको नाममा जनकपुरमा जग्गा दिन पनि राजी भएको थिएँ तर जितेन्द्रकी आमाले तपाईं आफ्नो छोरीको नाममा नभई मेरो छोराको नाममा जग्गा रजिष्टे«शन गर्नुस भनेर दवाव दिदैं आईरहेका थिए । त्यसैले पनि उनीहरुले कल्पनालाई यहाँबाट उसको ससुराली लग्न समेत आनाकानी गरिरहेका थिए । आफ्नो आमाको उक्साहटमा जबसम्म मेरो नाममा जग्गा पास हुँदैन तबसम्म तिमिलाई यहाँबाट लग्दिन भनेर जितेन्द्रले पनि कल्पनालाई फोनमा धम्की दिईरहेको थियो,‘उनले भने । मृतक कल्पनाका डेढ बर्षिय एक छोरा पनि छ । 

कल्पनाका परिवारले आफूविरुद्ध दुरुत्साहन मुद्दा दर्ता गर्न लागेको थाहा पाएपछि जितेन्द्र र उनकी आमा माधुरी ठाकुर अहिले फरार भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर