• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मरिसकेका व्यक्तिको नाममा भत्ता वितरण गर्ने तत्कालीन गाविस सचिव विरुद्ध मुद्दा

काठमाडौं । सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको अभियोगमा तेह्रथुमको तत्कालीन थोक्लुङ गाविसका सचिव डम्बरकुमार गड्तौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव गड्तौताविरुद्ध सामाजिक सुरक्षाको १ लाख १८ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । 

उमेर नपुगेको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिएको, मृत्यु भइसकेका सयौं मानिसको नाममा पनि भत्ता निकासा गरी वितरण गरेको भन्दै गड्तौवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्ने क्रममा उनी दोषी देखिएको अख्तियारले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर