• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

प्राकृतिक विपदमा ज्यान गुमाएका परिवारलाई १ लाख दिने बागमती प्रदेश सरकारको निर्णय

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक विपद्मा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैंया राहत दिने भएको छ । आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । 

बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए । उनका अनुसार बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने बताए ।

त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर