• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

चौतारा साँगाचोकगढीले गर्यो भोटेकोशी गाउँपालिकामा २ लाख र बाह्रबिसे नगरपालिकामा ३ लाख सहयोग

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई २ लाख र बाह्रबिसे नगरपालिकालाई ३ लाख सहयोग गर्ने निर्णय गरेको छ । गत असार २४ गतेको अविरल वर्षाका कारण भएको क्षति र पीडितहरुलाई राहत मिलोस् भन्ने हेतुले सहयोग गरिएको नगरपालिकाले जनाएको छ । 

जिल्लाको बाह्रविसेस्थित जम्बु र सो क्षेत्रमा आएको भिषण बाढीको कारण ठूलो जनधनको क्षति भएको छ । बाढीमा परि ३ जनाको मृत्यु भएको थियो । देशभर सक्रिय भएको मनसुनका कारण बाढी तथा पहिरोका क्षति भइरहेका छन् ।

जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर