• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

देउडाको इतिहास र संरक्षणमा कर्णाली सरकारको कदम  

देउडा गीत नेपालको मध्य तथा सुदुरपश्चिम क्षेत्रमा गाईने चर्चित लोक गायन शैली हो । यसलाई देउडा भाषा, देउडा गित, लोक देउडा आदी नामले पनि चिनिन्छ । यो गीतको भाषा खासगरी कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, हुम्ला, मुगु, बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, जिल्लाहरूमा मुख्य रूपमा अपनाइएको पाइन्छ । यो लोक देउडा गीतलाई  पश्चिमेली भाषामा गाइन्छ । 

मध्य र सुदुरपश्चिम क्षेत्रमा गाईने यो गितलाई मनका बह पोख्ने भाकाका रुपमा लिने गरिएको छ । अपरिचित मान्ठ (व्यक्तिी) सँग परिचय गर्नको लागि सुरुमा नजिक नगएर टाढाबाट नै के छ हालखवर के गर्दै हो ? लगायतका सम्वादहरु कर्णालीका दुर्गम गाउँहरुमा अझै पनि सिधा ठाडो भाकामा गरिएको पाईन्छ । 

कर्णाली प्रदेशका अधिकांस मानिसहरुलाई देउडा गीत गाउन र यो खेल खेल्नको लागि कुनै पनि चाड पर्बको जरुरत हुदैन । मनका बिलौना मेट्नको लागि र आफुमा भएको खुसि र दुखलाई अरुसँग साटासाट गर्नको लागि सजिलो भवानात्मक उपाए भनेको नै यहाँ देउडा हुने गरेको छ । 

लेखक

कर्णालीमा बस्ने बहुसंख्याक मानिसहरुले नै यसलाई सस्कृतिको रुपमा मनाउने भएकोले कर्णाली प्रदेश सरकारले साउने सक्राति अर्थात देउडा पर्बको रुपमा मनाउनको लागि सार्बजनिक बिदा दिएको छ । सस्कृति बचाउनको लागि कर्णाली प्रदेश सरकारको यो नयाँ आयाम हो । यसलाई सबैले सम्मान गर्नु पर्ने जरुरी देखिएको छ  । 
.............................
देउडा गीत के हो ? 
देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई देउडा खेल अथवा न्याउले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको देउडाले यस क्षेत्र भन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । राष्ट्रिय स्तरमा पनि यो भाका निक्कै चर्चाको विषय बन्ने गरेको छ । 

रैथाने बस्ती नभएको ठाँउ कैलाली, बर्दिया, बाकेँ, सुर्खेत, लगायतका जिल्लाहरुमा बस्ती साराईको आधारमा बाहिर देउडा गीतले प्रभाव छोडेको पाईन्छ । 

देउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रुपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको मानिन्छ । संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको हो भन्ने पनि छ ।

देउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षहरूलाई उद्धघाटित गरिएको हुन्छ । मान्छेको जीवनमा आउने सुख दुःखका अनुभुती र मिलन बिछोडको पक्षलाई देउडाले सङ्केत गरेको हुन्छ ।
........................
इतिहास
देउडा गितको सुरुवात खस सभ्यतासँगै सुरु भएको अनुमान लगाइन्छ । कतिपय ठाउँमा पहिलेका दिनहरूमा देउडा गित गाउन लाज मान्ने चलन पनि थियो । त्यो अवस्थामा देउडा गितबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) वीच सवाल जवाफ चल्ने गर्दथ्यो । यती मात्र होइन देउडा गितबाट नै कति पयका घरबार बसेका कुरा पनि सुन्नमा आउँछन् । 

देउडा गित एक प्रकारको भाषा हो यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्राय यसका गितहरू खस भाषामा आधारीत हुन्छन् । खास गरेर खस भाषाको उद्गम स्थल जुम्ला जिल्लाको सिंजालाई मानिएको छ । पश्चिम नेपालका अधिकांश राज्यहरू जस्तै बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट आदी ठाउँमा खस भाषाको प्रयोग भएको पाइन्छ । देउडा गित पनि यिनै राज्यमा प्रचलित भएको थियो र अहिले पनि तत्कालिन राज्य अन्तर्गत पर्ने स्थानहरूमा यो देउडा गित लोकप्रिय बन्दै गएको छ । 

पश्चिम नेपाल राज्यको नजरमा टाढा रहे पनि संस्कृतिमा सधैं सम्पन्न रहेको छ । 
नेपाली भाषाको उद्गम भूमीको रुपमा रहेको पश्चिम नेपालको आफ्नै इतिहास छ । पश्चिम नेपालमा गाइने न्याउल्या गीतको त झनै गौरवमय इतिहास छ । देउडा गीतको ऐतिहासिक नाम न्याउल्या गीत हो । कुमाउ तिर अँझै पनि ठाडी भाकालाई न्याउली भनिन्छ । पश्चिम नेपालका पहाडी जिल्लाहरूमा गाइने सबै गीतहरूलाई मिडियाले देउडा भन्ने गरेको पाइन्छ । यति मात्र नभएर कतिपएले खस, अछामी, डोटेली, बैतडा आदि पश्चिम नेपालमा बोलिने भाषा सहितलाई पनि देउडा भाषा भन्ने गर्छन् । 

नेपाली भाषाको उद्गम स्थल पश्चिम नेपाल हो भन्ने कुरा इतिहासले नै सावित गरिसकेको छ । अहिले कर्णाली र सुदूरपश्चिम भनेर छुट्टाइए पनि पहिले यो भूमी खस साम्राज्यका नामले प्रख्यात थियो । कत्युरी शासन कालमा पनि यो भाषाको प्रयोग भएको पाइन्छ । तर कत्युरीहरूले राज्य भाषाको मान्यता दिएका थिएनन् । त्यस पछि खस साम्राज्यको उदय भयो । उनीहरूले जुम्लाको सिञ्जालाई राजधानी बनाएर शासन गरेका थिए । भारतको कुमाउँ, गढवाल लगायत तिब्बतको खार क्षेत्र र नेपालको त्रिशूलीसम्म खस साम्राज्य फैलिएको थियो । राजाले राजकिय भाषाको मान्यता दिएपछि यस भाषालाई खस भाषा भनेर पनि चिनिन थालियो । त्यहाँबाट सर्दै पूर्वी नेपालसम्म पुगेपछि यस भाषाले नेपाली भाषाको मान्यता पाएको थियो । नेपाली भाषाको मान्यता पाए पछि लेख्न र पढ्न सजिलो होस् भनेर केही विकसित गरियो । 

प्राचिन खस भाषा पश्चिम नेपालमा अझै पनि रहेको छ । पृथ्वीनारायण शाहले दिव्योपदेशमा “ मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, चार जात ३६ वर्णको साझा फूलवारी हो सबैलाई चेतना भया“ भनेका छन् । उनकै भाषाको आया, गया, खाया, भया जस्ता शब्दको प्रयोग भएको छ । त्यो भाषा पश्चिम नेपालमा अहिले पनि जस्ताको त्यस्तै प्रयोग हुन्छ । 

पश्चिम नेपालमा अँझै पनि काँ जाँदा भयौ, काँ बाटी आयौ, क्या अद्दा छौ जस्ता शब्दको प्रयोग हुन्छ । भानुभक्त आचार्यले लेखेको रामायणको पहिलो श्लोक “एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनी, ब्रह्मा ताहीं थिया पर्या चरणमा खुसी गराया पनि ।“ त्यही भाषाको प्रयोग भएको छ । परिस्कृत भएर अहिले नेपाली भाषा भएको यस भाषाको मुहान प्राचिन नेपालको जुम्ला राज्य र डोटी राज्य हो । त्यो भाषासँगै न्याउल्या संस्कृतिले पनि मौलाउने अवसर पाएको हो । न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो । डोटेली इतिहास अध्यायन गर्दा न्याउल्या गीत न्याउली चरीको स्वर जस्तै सुमधुर रहेकाले सोही अनुसार नामकरण गरिएको पाइन्छ । अहिले यसलाई देउडा गीत, देउडा संस्कृती, देउडा भाषा, देउडा खेल आदि नामले चिनिन्छ ।
................................................
न्याउल्यालाई देउडा भनिएका कारणहरू
पहिले न्याउल्या गीत भनिने यस गीतलाई देउडा गीत भनिने विभिन्न कारणहरू रहेका छन् । २०११ सालमा योगी नरहरिनाथले लेखेको इतिहास प्रकाश भाग(३ मा कर्णाली क्षेत्रका न्याउल्या गीतबारे व्याख्या गरिएको छ । उनले गीतहरू सङ्कलन समेत गरेका छन् । लोकवार्ता परिषदले दाङमा २०७२ सालमा सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा कुमाउ युनिभर्सिटीका प्रोफेसर देवराज पोखरियालले एउटा कार्य पत्र तयार गरेका थिए । उनले त्यस कार्यपत्रमा कुमाउ गढवाल से महाकाली अञ्चल तकका न्याउल्या गीत भनेर लेखेका छन् । अतः यो गीतलाई न्याउल्या नै भनिन्थ्यो देउडा त पछि भनिन थालिएको हो । 

सञ्चार माध्यमहरूबाट डेउडा र देउडा भनेर प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजिब्रोमा झुण्डियो । जनजिब्रोमा झुण्डिएको कुरालाई कसैले थुत्न सक्दैन । सबैले देउडा भनेर नै बुझ्नु पर्ने भयोृ३े । विसं २०१५र१६ सालको फागुन महिनामा धर्मराज थापा पश्चिम भ्रमणमा गएका थिए । उनले त्यहाँको संस्कृति र गीतसंगीत अवलोकन गरेका थिए । सोही क्रममा उनले सुदूर पश्चिममा होरी खेलेको देखे । त्यो खेल (नृत्य)मा प्रयोग हुने गीतहरूलाई होरी देउडा भनिन्छ । धर्मराज थापा काठमाडौं फर्किसकेपछि उनले सायद गोलाकार रुपमा खेलिने सबै देउडा हुन् सोचे । 

धर्मराज थापा त्यो बेलामा रेडियो नेपालमा लोकमञ्जरी कार्यक्रम चलाउँथे । उनले पश्चिम भ्रमणको अवसरमा रेकर्ड गरेर ल्याएका सबै कार्यक्रमहरूलाई रेडियो नेपालबाट देउडा भनेर प्रसारण गर्न थाले । रेडियो नेपालले तत्कालिन समयमा देउडा भनेर प्रसारण गर्दा जनमानसमा सबै कुरा देउडा रहेछ भन्ने पर्न गयो । जुन कुरा धर्मराज थापाले व्याक्तिगत धारणाका आधारमा भनेका थिए त्यो कुरा सबैमा कस्तुरीले आफूसँग भएको बिनाको सुगन्ध थाह नपाए जस्तै भयो । गहिरो अध्यायन नगरेर नै देउडा बोलिन थालियो । कसैलाई थाह नभएको कुरा एकै चोटी रेडियो नेपालबाट देउडा भनेर प्रसारण भए पछि पश्चिम नेपालको सबै कुरा देउडा बन्न पुग्यो । देउडा शब्दको पहिलो प्रयोग दुःखान्त नाटककार पहलमानसिंह स्वाँरले गरेका छन् । उनले कोल घुमेजस्तै गरेर गोलाकार रुपमा खेलिने खेललाई देउडा भनिन्छ भनेर लेखेका छन् । 

अर्को पाटोमा भन्ने हो भने देउडाको अर्थ देवताको उपासना गर्ने भन्ने पनि हुन्छ । पश्चिम नेपालमा देवताका मन्दिरहरूमा र धार्मिक उत्सवहरूमा धमारी, झोडा, चुटकिला आदी देवताहरूका गाथा गाउने चलन छ । जसमा दुई हरफ चौध अक्षरको पंक्तिमा पुरै देवस्तुती हुन्छ । दे भन्नाले देवता, उ भन्नाले उपासना र डा भन्नाले डाक्ने अथवा आवाहन गर्ने भन्ने पनि हुन्छ । देवताहरूको उपासना गर्ने देउडा निश्चित चाडपर्वहरूमा गाइन्छ । भगवान कृष्णका चरित्र गाथा, देवकी नन्दनका चरित्र गाथा, रामका चरित्र गाथा, शिवका चरित्र गाथा, स्थानिय देवी देवताको वर्णन, प्रकृति वर्णन आदी होरीको देउडामा गाइन्छ । कृष्ण जन्माष्टमीमा कृष्णको गाथा गाइन्छ । त्यसैले यी गीतहरूलाई देउडा भनिन्छ ृ३े। यहाँ उल्लेख गरिएका विभिन्न कारणहरूले गर्दा पहिलेका दिनहरूमा न्याउल्या भनिने यी गीतहरूलाई अब देउडा गीत भनिएको हो ।
.................................
प्रकार
देउडा गितको हिसाबले र प्रयोगको हिसाबले धेरै प्रकारको हुन्छ । यसमा गायकहरूले विभिन्न ताल र लयको प्रयोग गरेर गायको देखिन्छ । कुनै तालमा बसेर गाइन्छ भने कुनैमा नाच्ने गरिन्छ । देउडा गितका ताल र प्रकार निम्न अनुसार रहेको छन् ।
..................................
ठाडी भाका
यो ठाडीभाका लामो स्वर गरेर गाईन्छ। यो भिर, पाखा, गोठालो जाँदा गाईने हुनाले यसलाई गोठाले गित पनि भनिन्छ। यसमा गायकले शांत र एकान्त ठाउँमा बसेर गाउँछन्। ठाडी भाकामा दुल्लुको ठाडी भाका निकै प्रचलित छ। यसमा गायक एकल यूगल हुन्छन्। वन जंगल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु नेपालको सुदूर तथा मध्य पश्चिम क्षेत्रको एक प्रमुख संस्कृति रहि आएको छ । लामो स्वर तानेर गाइने हुनाले ठाडी नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ । समाजको अगाडी गाउन लाज मान्ने यस गीतमा बाजा बजाइदैन ।ृ४े आधुनिक जमानामा कलाकाकारहरूले ठाडी भाका गाँउदा बाँसुरी र हार्मोनियक बजाउने गरेको पनि पाइएको छ ।
..............................
हुड्क्यौली
हुड्क्यौली अथवा हुड्के नाच हुड्काको तालसँग गाईन्छ। यसमा पुराना लडाईका कथाहरू समावेश गरिन्छन्। यो सामूहीकरूपमा गाईन्छ। यसमा गायकहरू २ समूहमा बाँडीएका हुन्छन्। एक समूहमा नाँच्ने हुन्छन् जसलाई हुड्के भनिन्छ। अर्को समूहमा बजाउने र गाउने हुन्छन् । जसलाई रागिला अथवा स्वरे भनिन्छ । यो खास गरी बैतडी र दार्चुला जिल्लामा विवाहादी उत्सवहरूमा गाइन्छ। यसलाई भारतको उत्तराखंडमा पनि प्रयोग भएको पाइन्छ ।धेरै जसो वैतडी दार्चूला भन्दा अछाममा बढी प्रयोग भएको पाईन्छ ।
..................................
मुख्य लेख धमारी
देउडा समूह अंतर्गत पर्ने एक अर्को प्रकारको भाका हो। यसमा गायकहरू गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन्। धमारी खास गरी न्वारन र देवताको पूजा स्थानमा प्रयोग भएको पाइन्छ। यसलाई मुख्य रूपले बैतडी दैलेख, कालिकोट, डोटी र अछाममा प्रयोग भएको पाइन्छ। खास गरेर मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्लने प्रचलन छ ।

.................................

झोडा
झोडा पनि धमारी जस्तै हो। तर यसमा गायकहरूको ताल र भाषा फरक हुन्छ।

...............................

देउडाखेल
देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गितै गितमा सवाल जवाफ हुन्छ । देउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा प्रायस् एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । यूवा(यूवा बीच यूवती(यूवती बिच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ ।

बर्तुलाकार समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल देउडा हो । तिहार सकिने बितिक्कै बैतडी तथासुदूर पश्चिममा जाँत पर्व सुरु हुन्छन् । त्यसबेला बालक देखि वृद्ध वृद्धा सम्म देउडा खेल्न ब्यस्त देखिन्छन् ।यो गौरा पर्व मा पनि खेल्ने गरिन्छ। देउडा खेल देउडी पारेर खेलिने खेल (नृत्य) हो । झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने देउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नु पर्ने हुन्छ ।

एक स्टेपमा खुट्टा पुरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकोले यस खेलको नाम देउडा खेल र यसमा प्रयोग हुने गीतलाई देउडा गीत भनिएको हो भन्ने भनाई छ । देउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्ति मध्य पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पुरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । त्यसैले गायन र नृत्य दुईटैमा डेडीको प्रमुखता भएकोले यसलाई देउडा भनिएको होृ३े । देउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकुद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । देउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रुपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । देउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एक आपसमा पाखुरा समातेर सामुहगत रुपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् ।

विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूले यस गीतमा छुट्टा छुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । देउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यंग्यका साथै सामाजिक उत्पिडन, विषमता जस्ता विषयहरू देउडामा मिहीन किसिमले केलाइएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक देउडा खेल्दा देउडियाहरू ठुलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडा हरू हुन्छन् ।

गीतको उठान गर्ने व्याक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर देउडा गायन र नृत्यमा झुम्मिन्छन् । यसरी प्रस्तुत गरिने सवाल जवाफलाई झिट्टा भनिन्छ । दोहरी शैलिमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ । देउडा खेलमा छमक्म निरिमल छमक्क, छमक्क छमक्क, लौ बिरे छमछम, ए साली, मेरी बौजु, ए भिनाजु, तान तान बाज मैना चरी, हैक्या जिरा फूल फूल्याको छैक्या, आदि थेगोहरू प्रचलनमा रहेको पाइन्छ ।

यसरी देउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टा छुट्टै रुपमा पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवा युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफ मार्फत परिचय गर्ने र मायाप्रेमका गीतहरू समेत अलाप्ने गर्दछन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर