• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

लोकतान्त्रिक समाजवाद एक जिवित राजनीतिक परम्परा हो

पुँजीवादी लाभको उद्देश्यले भन्दा पनि लोकतान्त्रिक समाजवाद एकजुट्ता, गैर–प्रभुत्व र सहकारी निर्भरता जस्ता मूल्यहरुमा आधारित नयाँ संस्था तथा समाजिक सम्बन्धहरुको कल्पना गर्छ ।

लोकतान्त्रिक सामाजवाद एक जीवित राजनीतिक परम्परा हो जो पुँजीको पकडलाई कमजोर बनाउने आवश्यकतामाथि जोड दिन्छ । श्रमिक वर्गलाई सशक्त बनाउँछ, सत्तावादको विरोध गर्छ । लोकतन्त्रको विस्तार गर्छ र हाम्रो अर्थव्यवस्थालार्ई स्थानान्तर गर्छ । समाजलाई निजी लाभबाट टाढा, तर सामाजिक आवश्यकताको पूर्तितर्फ अघि बढाउँछ । यो एक बहस गर्न र बचाउँ गर्न लायक दृष्टिगोचर हो ।  यो यसै वर्ष प्रकाशित किताब ‘एन इन्हेरिटेन्स फर आवर टाइम्सः प्रिन्सिपल एण्ड पोलिटिक्स अफ डेमोक्र्याटिक सोसियलिज्म’ (हाम्रो समयका लागि एक विरासतः लोकतान्त्रिक समाजवादका सिद्धान्त तथा राजनीति)माथिको समीक्षा हो । 

सन् २०१९ को जुनमा बर्नी स्यान्डर्सले जर्ज वासिङ्टन विश्वविद्यालयमा लोकतान्त्रिक समाजवादप्रति आफ्नो दृष्टिकोणलाई लिएर भाषण गरे । स्यान्डर्सका लागि लोकतानित्रक समाजवादले ‘करुणा, न्याय र प्रेमको एक उच्च पथ’को प्रतिनिधित्व गर्यो र एक ‘राजनीतिक क्रान्ति’ जहाँ नयाँ राजनीतिक तथा आर्थिक अधिकारहरु तथा स्वतन्त्रताको दाबी गर्नका लागि संगठित श्रमिक वर्ग जसलाई वर्तमान अवस्थामा पुँजीवादद्वारा वञ्चित गरिएको छ ।

उनले केही प्रणालीगत अवरोधहरुलाई पनि नाम दिएः वाल स्ट्रिटको लालच, सबैका लागि चिकित्सा विरोध गर्ने बीमा र औषधी कम्पनीहरु, कृषि व्यावसाय र खनिज इन्धन उद्योगहरुले हाम्रो पर्यावरणलाई छिटो गतिमा क्षति पुर्याइरहेको छ । हिंस्रक सेन्य औद्योगिक र जेल परिसरहरु जो यी सबैको पछाडि उभिएको छ । 

स्यान्डर्सका दुई राष्ट्रपतीय अभियान यी स्थितिहरुका कारण सटिक रुपले प्रतिध्वनित भए । उनीहरुले लोकतान्त्रिक समाजवादको विचारलाई अमेरिकी दर्शक माझ पहिलेको भन्दा व्यापक रुपले लोकप्रिय बनाए । फेरि पनि सन् २०१५ र २०२० का बीच यस आन्दोलनको तीव्र अघि लोकतान्त्रिक समाजवादको गहिरो अर्थ थिएन । यो वास्तविक समयमा विकास भयो । आज, स्यान्डर्सको दौडबाट पछि हट्ने र अमेरिकाको डेमोक्र्याटिक सोसियलिस्टका संख्या अब ७० हजारभन्दा बढी छन्, जसले यो अमेरिकाको सबैभन्दा ठूलो समाजवादी संगठन बनाएको छ, जो कम्तिमा द्वितीय विश्वयुद्धमा फर्किरहेको छ । 

यसमा संग्रह गरिएको निबन्धहरुले ऐतिहासिक र वर्तमान समयमा लोकतान्त्रिक समाजवादलाई के कुराले एक फरक राजनीतिक स्थिति बनाउँछ भन्ने प्रतिबिम्बित गर्छ । एक साथ यिनीहरुले लोकतान्त्रिक समाजवाद एक जिवित राजनीतिक परम्पराभन्दा एक व्यवस्थित राजनीतिक दर्शक कम भन्ने उल्लेख गर्छन्– जसमा एउटालाई माक्र्सवादको सत्तावादी व्याख्याहरुको विरोध, शीतयुद्धको प्रभाव र न्यू लेफ्टको विरासत जस्ता परिस्थितिजन्य परिरिस्थतिद्वारा एक सामान्य बौद्धिक विरासतको रुपमा बढी परिभाषित गरिएको छ । यो ऐतिहासिक विरासतले लोकतान्त्रिक समाजवादलाई यसको उदार र कम्युनिस्ट दुवै समकक्षीहरुबाट फरक बनाउँछ, तर विचारको यी किस्साहरुका बीच घनिष्ठ र सहजीवी सम्बन्धलाई पनि देखाउँछ । यसको एक परिणाम स्वरुप अमेरिकी राजनीतिक परम्पराको रुपमा लोकतान्त्रिक समाजवादको सीमाहरु उदार र समाजवादी दुवै विचारहरुलाई समावेश गर्दै छिद्रपूर्ण रही आएको छ । 

लोकतान्त्रिक सामाजवादीहरुले परम्परागत रुपले न्यू डिल आदेशमा कसरी प्रेरणा पाए भन्ने सन् २०१९ को आफ्नो भाषणमा स्यान्डर्सको फ्रान्क्लिन रुजभोल्टको प्रशंसाबाट थाहा हुन्छ । एक अभूतपूर्व पुँजीवादी संकटबाट डराएर न्यू डिललाई उदार–प्रगतिशील सुधारवाद र श्रमिक वर्गको उग्रवादका बीच एक नविन सम्मिश्ररणद्वारा सक्षम बनाइएको थियो । मिमी अब्रामोवित्ज र स्टिभ फ्रेजरद्वारा योगदानको रुपमा सुझाव दिइएको भए पनि यसका उपलब्धीहरु अधुरा थिए । र, अन्नतः परिवर्तनहरुद्वारा यसलाई खारेज गरियो जुन सन् १९७० को संकटपछि आयो । 

लोकतान्त्रिक–समाजवादी परम्परा पनि मौलिक धाराहरुबाट बनेको छ । जसमा १९औंर  २०औं शताब्दीको सुरुवातको विविध समाजवादी र श्रमिक गणतान्त्रिकवादी आन्दोलन, पपुलर फ्रन्टका वर्षहरुमा सोसियल पार्टी अफ युजिन डेब्स, कम्युनिष्ट पार्टी युएसए, सन् १९६० को दशकमा ‘न्यू लेफ्ट’ र सन् १९९० र २००० को विरोध तथा परिवर्तन–वैश्विकरण आन्दोलन छन् ।  स्टेफनी मडगे आफ्नो निबन्धमा लेख्छिन्, यी र अन्य आन्दोलनहरु देशको राजनीतिक जीवनको एक ‘पुनरावृत्ति, घटक हिस्सा’ थिए । त्यसैले संयुक्त राज्य अमेरिकामा कुनै सामाजवाद किन छैन भन्ने प्रश्न गर्नुभन्दा पनि ‘अमेरिकी समाजवादी राजनीतिले किन यस प्रकारको प्रवल भावनालाई जन्म दिन्छ जसको कुनै अस्तित्व नै छैन ?’ भन्ने प्रश्न हुनुपर्छ । 

एक्काइसौं शताब्दीको सुरुवातसम्म, जस्तो कि मुडगेले सुचीबद्ध गरेकी छिन्, लोकप्रिय चेतनाबाट अमेरिकी समाजवादको उन्मूलन पछाडिको वास्तविक करणहरु– पार्टी पुनर्संरचना, नश्लीय विदारक, कम्युनिष्ट विरोधी दमन र शीत युद्धलाई मानिएका सामान्य ज्ञानका साथै पूर्ण रुपले प्रतिस्थापन गरियो जुन समाजवाद यस देशमा लागू गर्न गाह्रो थियो । आजको लोकतान्त्रिक समाजवादको नविकरणरण एक विगतसँगको बीचमा स्थिति छ, जो पुनःस्थापना र सधंै अनिश्चित भविष्यका लागि लडिरहेको छ ।

.........
समाजवादी क्षितिजः

यस किताबमा समावेश अधिकांश निबन्धले लोकतान्त्रिक समाजवादीको आकांक्षात्मक प्रकृतिलाई शीत युद्धको छायाँमा कम्युनिज्म र युरोपेली सामाजिक लोकतन्त्रको समानान्तर पथबाट उत्पन्न भएको रुपमा हेर्छ । नान्सी होल्मस्ट्रोम, परेश चट्टोपाध्याय र स्टिफन एरिक ब्रार्नर जस्ता सबै योगदानकर्ताहरुले एक शोषणकारी र दमनकारी राज्यद्वारा प्रभूत्व रहेको एक ढाँचाको रुपमा सोभियत मोडलको लोकतान्त्रिक समाजवादी अस्विकृतिलाई रोखाङ्कित गर्छन् । अर्कोतिर शेरी बर्मन जस्ता केहीले पुँजीवाद र कल्याणकारी राज्यका बीच पारस्परिक रुपले लाभकारी सम्बन्ध हुनसक्ने बताउँछन्, जसमा अधिकांश लोकतान्त्रिक समाजवादी पनि यस मोडलबाट बाहिर जान चहान्छन् ।

यस्तो हुनका कारण, जबकि सामाजिक–लोकतान्त्रिक मापदण्डहरुले बजारको गतिविधिहरुबाट श्रमिकहरुलाई केही सुरक्षा प्रदान गर्न सक्छन् भने सामाजिक–लोकतानित्रक सरकारहरुले पुँजीवादको संरचनात्मक दबाबलाई तोड्नमा ऐतिहासिक रुपले असमर्थ र अनिच्चुक थिए । आज, सामाजिक लोकतन्त्र र लोकतान्त्रिक समाजवादबीचको रेखा यस कुरामा टिकेको छ जहाँ समाजवादी समाजमा परिवर्तनको लक्ष्यका साथ पुँजीको संरचनात्मक शक्तिलाई कमजोर पार्न कति असम्भव छ भन्ने कसैले सोंच्छ । 

युरोपको उदार कल्याणकारी राज्यहरु विशिष्ट ऐतिहासिक परिस्थितिहरुको उत्पादन थियो भन्ने कुरामा केही लोकतानित्रक समाजवादीहरु यस कुरामा असहमत हुनसक्छन् । जसमा युद्धोत्तर आर्थिक उथल–पुथल, एकता घनत्व र पुँजी प्रवाहको बाधाहरु छन् यी सबैले पुँजीवादी वर्गहरुलाई व्यवस्थामा खरिद्ने नेतृत्व गर्यो । समयलाई मध्यनजर गर्दै पुँजीवादी सामाजिक सम्बन्ध आफ्नो खराब प्रभावलाई कम गर्ने उद्देश्यले राजनीतिक संस्थाहरुलाई कमजोर गर्नेछ । 

यद्यपि, युद्धपछिको आदेशको गौरवशाली तीस वर्षको समयमा फर्किनु यसको लक्ष्य होइन, बरु सामूहिक स्वामित्व तथा नियन्त्रणका वरपर आयेजित एक समाजमा संक्रमणको अधिक महत्वाकांक्षी परियोजनालाई सामाजिक अधिकारहरुको विस्तारसँग (जसलाई हामी सामाजिक लोकतानित्रक कल्याणकारी राज्यसँग सम्बन्धित गराउँछौँ) कसरी जोड्न सकिन्छ भन्नेबारे रणनीतिक रुपले सोच्नुपर्छ । 

लगभग सबै अध्यायका योगदानकर्ताहरुले पुँजीवादलाई एक अन्र्तनिहित लोकतान्त्रिक प्रणालीको विरोधीको रुपमा देख्छन्, जसले वर्चस्वको एक अवैयक्तिक तर पदानुक्रमित प्रणालीको उत्पत्ति गराउँछ । जस्तो कि पिटर हुडिस लेख्छन्, लोकतान्त्रिक समाजवादलाई पुँजीवादी मूल्य उत्पादनको बाधाहरुबाट मुक्त श्रम तथा मानव सम्बन्धी नयाँ रुपहरुका लागि एक संक्रमणको यस क्षितिजभित्र रहेर काम गर्नुपर्छ । सम्भाव्यताको यो स्विकारोक्ति, यदि ऐतिहासिक आवश्यकता नभए पनि, राम्रो सिद्धान्तमा आयोजित समाजको, आजको लोकतान्त्रिक समाजवादको सुरुवादी विन्दु हो । 

पुँजीवादी लाभको उद्देश्यले भन्दा पनि लोकतान्त्रिक समाजवाद एकजुट्ता, गैर–प्रभुत्व र सहकारी निर्भरता जस्ता मूल्यहरुमा आधारित नयाँ संस्था तथा समाजिक सम्बन्धहरुको कल्पना गर्छ । जस्तो कि स्मुलेविच्ज–जुकर र थोम्पसन सुझाव दिन्छन्, यो दृष्टिकोण १९औं शताब्दीको समाजवादको गणतन्त्रवादी आदर्शहरु र सामाजिक लोकतान्त्रिक श्रमिक वर्ग आन्दोलनलाई प्रतिध्वनित गर्छ । तर यो अराजकतावाद, जो गणतन्त्रीय विरासतको अर्को प्रमुख शाखाबाट महत्वपूर्ण पथमा पनि परिवर्तन हुन्छ ।

केभिन एन्डरसन र बारबरा एपस्टीनद दुवैद्वारा नोट गरिएको छ, यी परम्पराहरुका बीच प्रमुख अन्तर सामूहिक जीवनको स्वायत्त स्थानहरुलाई स्थापित गर्नुभन्दा राज्यको प्रतिनिधि लोकतान्त्रिक संस्थाहरुसँग जोडिनका लागि अराजकतावादीहरुको परम्परागत अनिच्छा हो । यसको विपरित, लोकतान्त्रिक समाजवादीहरुको राज्यका प्रति अधिक अस्पष्ट रवैया रहँदै आएको छ । उनीहरु सार्थक अल्पकालिन सुधारहरु र श्रमिक वर्षको शक्तिको निर्माणको जीतका लागि चुनावी र विधायक गतिविधिलाई महत्वपूर्ण मान्छन् । 

यसैबीच, लोकतान्त्रिक समाजवादीहरु आज चुनावी सहभागितालाई व्यापक राजनीतिक रणनीतिको केवल एक पक्षको रुपमा हेर्छन्, जसको उद्देश्य स्वतन्त्र श्रमिक वर्गको शक्ति निर्माणका लागि एक यस्तो क्षमता निर्माण गर्नु हो जसले राजनीतिक र आर्थिक लोकतन्त्रको विस्तार गर्न सकोस् ।

जस्तो कि फ्रासर सही ढंगले अवलोकन गर्छन् । मतदान सार्वजनिक सहभागिताको सबैभन्दा निस्क्रिय, नीजि र वैयक्तिकृत रुप बनेको छ । विषेश गरी प्रतिनिधि प्रणालीहरुमा जो काउन्टर–बहुमतीय संस्थानहरु तथा अनौपचारिक पुँजीवादी शक्तिद्वारा काम नलाग्ने बनाइएको छ । राज्य र सामाजिक सम्बन्ध दुवैको लोकतान्त्रीकरणको आह्वानमा, लोकतान्त्रिक समाजवादीहरु लोकतन्त्रको एक अनुकरणीय बुझाईलाई स्वायत्तता, स्व–संगठनको रुपमा र सामाजिक सम्बन्धहरुमा समानताको एक सामान्य स्थितिलाई आकर्षित गर्छ । 

यहाँ, लोकतान्त्रिक समाजवादको ‘न्यू लेफ्ट’ (नयाँ वामपन्थी) जराहरुले पनि स्व–संगठनको विभिन्न सामाजिक आन्दोलनहरु तथा उदाहरणहरुको माध्यमबाट चुनावी गतिविधिभन्दा पर राजनीतिक प्रणालीमाथि निर्माणको अनुमति दिन्छ । यो थुप्रै योगदानहरुको माध्यमबाट आउँछ । 

रिचर्ड वोल्फ र डेभिड श्रेइकार्ट श्रमिक–स्वमित्व र नियन्त्रित सहकारीको माध्यमबाट बजार समाजवाद अर्थव्यवस्थाको सम्भावनालाई बढाउँछन् । के किम होल्डर र जोय जेम्सले आफ्नो ‘ब्ल्याक प्यान्थर पार्टी’ अध्यायमा सामुदायिक कार्यक्रमहरु कसरी समाजवादी शिक्षाका लागि ‘अभ्यासमा सिद्धान्त’को एक स्वरुप बने भनेर पत्ता लगाएका छन् । र लेस्टर स्पेन्सको तर्क छ– ‘लोकतान्त्रिक समाजवादमा नवउदारवादी शहरलाई पुनः सहभागी गर्नु, सार्वजनिक स्थानहरुमा परिवर्तन पनि सहभागी छन् जो अर्थ र प्रहरीका लागि खेल मैदान र सामुदायिक र एकताको नयाँ अनुभवहरुका लागि शहरी क्षेत्र बनेको छ ।’

.........
आर्थिक लोकतन्त्रः

लोकतान्त्रिक समाजवाद आर्थिक लोकतन्त्रको धारणामा टिकेको छ, यसले श्रमिकहरुलाई सशक्त बनाउने र उनीहरुको समुदायहरुलाई सामाजिक धनको उत्पादन र वितरणलाई नियन्त्रण गर्नका लागि र यसलाई समाजलाई पुनः लगानी गर्नका लागि माग गरिरहेको छ । तर, स्व–संगठनमा उपरोक्त प्रयासहरुमध्ये केही ऐतिहासिक रुपले राज्यको माध्यमबाट उत्पादन र लगानीको योजना र समन्वयका साथ तनावमा छ जो आर्थिक लोकतन्त्रलाई पुरा गर्नसक्छ । यहाँ संगहित निबन्धहरुमा आर्थिक संगठनको प्रश्न केही स्पष्ट असहमतिहरुको तर्फ जान्छ भन्ने प्रश्न त्यति आश्चार्यको कुरा होइन । 

टोनी स्मिथ जस्ता केही मानिस समकालिन पुँजीवादभित्र यस आदेशको अंकुर पत्ता लगाउँछन् । जस्तो कि श्रमिक सहकार्य, वैज्ञानिक–प्रविधि श्रमको सार्वजनिक कोष, खुल्ला श्रोत परियोजनाहरुमा निःशुल्क सहयोग र अघिल्ला विरासतबाट पाइएको सामूहिक सामाजिक ज्ञान जस्ता समाजवादी अभ्यासहरु जस्तै यो पहिलेदेखि नै टिकिरहेको थियो । 

एक फरक दृष्टिकोणबाट फ्रेड ब्लोक एक विकेन्द्रिकृत समाजवादी वित्त व्यवस्थाको सम्भावनालाई दर्शाउँछन्, जसले आवश्यकताहरुको प्राथमिकताको आधारमा सामाजिक परियोजनाहरुका लागि ऋण वितरण गर्नेछ । 

जहाँ केही योगदानकर्ताहरु समावेशी बजेट र श्रमिक सहकार्य जस्ता विकेन्द्रिकृत मापदण्डतर्फ इंगित गर्छन् भने होल्मस्ट्रोम जस्ता अन्य व्यक्ति भने राज्य योजनाको आवश्यकताका लागि तर्क दिन्छन् । दुवैले पर्यावरणीय संकट सम्बोधन गर्छन् र बजार–समाजवादी व्यवस्थामा पनि उनीहरुले महशुस गर्नसक्ने अनिवार्य प्रतिस्पर्धा दबाबहरुबाट सहकारी समितिहरुलाई स्वतन्त्र बनाउँछन् । 

यी मतभेदका बाबजुद पनि, समाजवादी अर्थव्यवस्थाको अन्तिम उद्देश्य उत्पादनलाई निजी लाभबाट ढाटा राख्नु र सामाजिक आवश्यकताहरुको पूर्तितर्फ हुनुपर्नेमा कुनै प्रश्न छैन । यसका लागि श्रम प्रक्रियाको आयोजना कसरी गरिन्छ भन्ने मौलिक रुपले मात्रै परिवर्तनको आवश्यकता नभएर हामी आफ्नो समयलाई काम र आरामको बीच कसरी बाँड्छौँ भन्ने कुरामा पनि परिवर्तनको आवश्यकता औल्याउँछ । 

लोकतानित्रक–समाजवादी क्षितिजमा निहत एक यस्तो समाज हो जो स्वतन्त्र र समान व्यक्तिहरु र श्रमको एक वास्तविक सामाजिक स्वरुपको सहचार्यमा आधारित हुन्छ । जस्तो कि अब्रामोभिट्ज औल्याउँछन्, पुँजीवादी विकासका लागि आवश्यक सामाजिक–प्रजनन् श्रम भारी मात्रामा लैंगिक र नश्लवादी हुन्छ, हेरचाह श्रमिकमाथि अतिरिक्त समयको माग राख्छ । यस अर्थमा विल्सन शेर्विन तर्क गर्छन्, कामको समयलाई कम गर्ने माग र अवयकताको पुनः प्राप्ति गर्ने दाबीले एक बुह–पुँजीवादी विरोधी संघर्षलाई एक साथ ल्याउन सक्छ र एक संगठनात्मक क्षमताको रुपमा काम गरिरहेका गैर–सुधारवादी सुधारलाई आगामी संगठनात्मक क्षमता प्रदान गर्छ । 

सन् १९८२ मा डिएसएको गठनपछि अमेरिकामा लोकतान्त्रिक समाजवादलाई ‘न्यू डिल वेलफेयर स्टेट’ र ‘न्यू लेफ्ट’ दुवै बन्द भएका कारण अनिश्चित रुपले चिन्हित गरिएको थियो । यो सन् १९९० को दशक र सन् २००० को दशकको शुरुवाती दिनहरुलाई ‘वास्तवमा अस्तित्वमा रहेको समाजवाद’को हराएको छायाँ र नव–उदारवादी र नव–सृजनात्मक परियोजनाहरुको दृढताको छायाँमा बिताइयो । आज, सामाजिक, आर्थिक, पर्यावरणीय र राजनीतिक संकटका बीच यसको नविनीकरण एक चाँदीको अस्तर हो जसको असर पीढिँतहसम्म महशुस गरिनेछ । 

प्रतिबिम्बहरुको एक समृद्ध र विविधतापूर्ण यस किताबलाई ल्याउनुको अर्थ लोकतान्त्रिक समाजवादीहरुलाई यी चुनौतीहरुको माध्यमबाट सोच्न मद्दत गर्नका लागि हो । यस किताबले यदि लोकतान्त्रिक समाजवादी आन्दोलनले पछिल्ला केही वर्षका आफ्ना मामुली लाभको संरक्षण र निर्माणको आशा गर्न सक्छ भने यसले आफ्नो स्वयंको संगठनात्मक रुपले पकड जारी राख्नुपर्छ र इतिहास र वर्तमानको माग दुवैको प्रकाशमा अभ्यास गर्नुपर्छ भन्ने कुरालाई महत्व दिन्छ ।

–ऐजेन्सीको सहयोगमा गिता सुब्बाको अनुवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर