सिदार्थ राजमार्ग पुनः अवरुद्ध

पाल्पा । सिदार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकखण्डको डुम्रेस्थित गौडेपुल नजिकै पुनः पहिरो खसेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । चारदिनअघि पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार बेलुका पहिरो पन्छाएर एकतर्फी सुचारु गर्ने प्रयास भएपनि पुनः पहिरो खसेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

आइतबार बेलुका परेको वर्षासंगै ढुंगासहितको पहिरो खस्ने क्रम नरोसकएका कारण सडक सुचारु गर्न समस्य भएको प्रहरी चौकी प्रभासका प्रमुख एक्का बहादुर नेपालीले जानकारी दिए । बिहीबार बेलुका खसेर पहिरो सडक डिभिजन पाल्पाले दुबैतर्फबाट दुईवटा डोजर र स्काभेटर प्रयोग सडक खुलाउने प्रयास गरेपनि पुनः पहिरो खसेको हुँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । 

यसैबिच जिल्ला प्रहरी कार्यालय पाल्पाले सडक सुचारु भएको अवस्थामा पनि अर्को सुचना नआएसम्म बेलुकी ८ बजे देखि बिहान ६ सम्म सो सडक खण्डमा आपतकालिन अवस्थाका सवारी बाहेक अन्य सवारी साधनहरु आवत जावतमा रोक समेत लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले जानकारी दिए ।

विगत एक साता अघिदेखि यो सडक पहिरोका कारण निरन्तर अवरुद्ध हुँदा पोखरादेखि भैरहवा सम्मका यात्रुहरु सडकमा अलपत्र परेका छन् । यो राजमार्ग अन्य वैकल्पिक मार्गसमेत नभएको हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर