• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 06:13 am

बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो

ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए।

उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो ।

यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको क्षति भएको छ । पक्की पुल रु १२ लाख र काठको पुल भने रु दुई लाखको लागतमा निर्माण भएको थियो । यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् । तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ । नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमित मन्त्री पार्टी प्रवेश कार्यक्रममा सहभागीदेखि भीभीआइपीसम्म भेट

  • २२ श्रावण, २०७७

जनकपुरधाम ।  कोरोना संक्रमण पुष्टि भै सकेका प्रदेश दुइका मन्त्रीले प्रधानमन्त्री देखि प्रहरी महानिरीक्षकसम्म भेट गरेर जनकपुरधाम फर्केको पाइएको छ

मजदूरको न्यूनतम ज्याला  ९०० रुपैयाँ 

  • २२ श्रावण, २०७७

कर्णाली । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले

अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

  • २२ श्रावण, २०७७

चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग