• आइतबार ४-३२-२०७७/Sunday 08-16-2020/ 02:13 am

अर्जुनधाराका ५३ कृषकलाई कुटी काट्ने मेसिन

झापा  । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने यन्त्र प्रदान गरेको छ । नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो । नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडाले कृषकलाई उक्त मेसिन हस्तान्तरण गरे ।

नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको नगरप्रमुख रानाले बताए । “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको हो”, उनले भने । 

नगरपालिकाको लागत साझेदारीमा १४ कृषकलाई ‘मिल्क क्यान’ पनि प्रदान गरिएको  छ । त्यस्तै नगर क्षेत्रका अतिविपन्न २० कृषकलाई नगरपालिकाले निःशुल्क कुटी काट्ने मेसिन प्रदान गरेको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा कोरोना संक्रमण

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । जनकपुरधामस्थित प्रादेशिक

सिरहाको औरही गाउँपालिकामा व्यापक अनियमितता

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । कुनै पनि संस्थाले हरहिसाब बुझाउँदा कुन शिर्षकमा कती खर्च भयो त्यो छुट्याएर प्रस्तुत गर्नु पर्ने हुन्छ । तर, प्रदेश दुईको सिरहा जिल्लाको

घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु 

  • ३१ श्रावण, २०७७

झापा  ।  निर्माणाधीन घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिक गम्भीर घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय