• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

नेपाल लगायत दक्षिण एसियाली देशमा मनसूनी बाढीको कहर [फोटोफिचर]

काठमाडौं । हिजोआज दक्षिण एसियामा भयानक मनसूनी वर्षा भइरहेको छ । एक साता लामो समयदेखि भइरहेको वर्षाका कारण व्यापक बाढी र पहिरोबाट सयौँको जन र ठुलै मात्रामा धनको क्षति भइरहेको छ । 

नेपालमा केही सातायता परिरहेको वर्षासँगै बाढी–पहिरोमा परी डेढ सयभन्दा बढी ज्यान गइसकेको छ भने मनसूनी वर्षाबाट सबैभन्दा प्रभावित देश बङ्गलादेशमा बाढीका कारण ८१ जनाको ज्यान गइसकेको छ । 

त्यस्तै भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या १११ पुगेको छ भने तीस लाखबढी प्रभावित बनेका छन् ।  त्यस्तै नेपालका नदीमा पानीको बहाब खतराको स्तरभन्दा माथि पुगेसँगै भारतको बिहार राज्यका थुप्रै गाउँ पानीले भरिएका छन् । 

बङ्गलादेशका अधिकारीहरुले एक विस्तारित आपत्को चेतावनी दिएका छन् । बङ्गलादेशको बाढी अनुमान तथा चेतावनी केन्द्रका उपप्रमुख उदोय रायहानले एएफपीसँग भने, ‘२० दिनदेखि बाढी आउने क्रम जारी छ र अब कम्तिमा दुई सातासम्म रहने सम्भावना छ । 

बङ्गलादेशको दोहार जिल्लामा बाढीमा डुबेका घर । तस्विरः मुनिर उज जमान, एएफपी
बङ्गलादेशको राजधानी ढाका । तस्विरः मुनिर उज जमान, एएफपी
बङ्गलादेश । तस्विरः मोहम्मद पोनिर हुसैन, रोयटर्स
बङ्गलादेश । तस्विरः मोहम्मद पोनिर हुसैन, रोयटर्स
काठमाडौंको बाग्मती नदीमा बाढी । तस्विरः निराजन श्रेष्ठ, एपी
काठमाडौंंमा वर्षासँगै आएको बाढीको कहर । तस्विरः निराजन श्रेष्ठ, एपी 
बाग्मती खोला बस्तीमा पसेपछि पानी फ्याक्दै स्थानीयवासी । तस्विरः प्रकाश माथेमा, एएफपी
भक्तपुर । तस्विरः नरेन्द्र श्रेष्ठ, इपिए​​​​
भारत आसमको मोरिगोअन जिल्लामा बाढीको कहर । तस्विरः डेभिड तालुकदार, रोयटर्स
भारतको आसम । तस्विरः इपिए
आसममा एक बालक केराको थामको सहारामा तैरिँदै । तस्विरः डेभिड ताुकदार, रोयटर्स 
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर