कञ्चनपुरको सीमा क्षेत्रमा तारबार बनाउन खोज्दा भारतीय सीमा सुरक्षा बलद्वारा धम्की, तस्बिरहरु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ ब्रह्मदेवको सिद्धनाथ सामुदायिक वनले आफ्नो कार्य क्षेत्रको सार्वजनिक जमिनमा तारबार निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धम्की दिएको छ । भूभागको संरक्षण तथा पर्यावरण संरक्षणका लागि तारबार लगाउन खोज्दा एसएसबीले त्यसो नगर्न भन्दै धम्की दिएको हो ।  

सामुदायिक वन क्षेत्रको जमिन संरक्षण गर्नका लागि तारबार लगाउँन सुरु गर्दा भारतीय एसएसबीले अनावश्यक विवाद झिकिरहेको सिद्धनाथ सामुदायिक वनका सहसचिव रमेश धानुकले बताए । बाझो जमिनमा सफाइ गरेर चारैतिर घेरबार गरी वृक्षरोपण कार्यक्रम अघि बढाउने क्रममा भारतीय एसएसबीले धम्की दिएको उनले बताए । 

भारतीय एसएबसीले ब्रह्मदेव क्षेत्रमा जहिले पनि अनावश्यक अवरोध तथा नेपाली भूमिमाथि हस्तक्षेप गर्दै आएको छ । आफ्नै भूमिको संरक्षण गर्दा भारतीय पक्षबाट अवरोध भएपछि स्थानीयले भारतको विरोध गरेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर