• आइतबार ४-३२-२०७७/Sunday 08-16-2020/ 01:32 am

तीन वर्षभित्र सबै नागरिकमा राष्ट्रिय परिचयपत्र वितरण गरिने

मोरङ । मोरङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गरे ।

प्रदेश नं १ का प्रमुुख सचिव दिनेश भट्टराईले सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुुने बताए । परिचयपत्रका लागि १६ वर्ष उमेर पुुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुुसार दर्ता शुुरु गरिएको मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिए ।

आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ । यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुुरु भएको जानकारी गराइयो । चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ ।

आगामी दिनमा स्थानीय तहको समन्वयमा वडास्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ । परिचयपत्र अहिलेसम्म दुई लाख २५ हजार नेपाली नागरिकले पाइसकेका छन् । कार्यक्रममा महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुुख, उपप्रमुुखसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा कोरोना संक्रमण

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । जनकपुरधामस्थित प्रादेशिक

सिरहाको औरही गाउँपालिकामा व्यापक अनियमितता

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । कुनै पनि संस्थाले हरहिसाब बुझाउँदा कुन शिर्षकमा कती खर्च भयो त्यो छुट्याएर प्रस्तुत गर्नु पर्ने हुन्छ । तर, प्रदेश दुईको सिरहा जिल्लाको

घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु 

  • ३१ श्रावण, २०७७

झापा  ।  निर्माणाधीन घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिक गम्भीर घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय