• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

शुक्र ग्रहमा पनि ‘कोरोना’ सक्रिय !

एजेन्सी । शुक्र ग्रह सौर्यमण्डलको एक अनौठो र मनमोहक ग्रह हो । यसलाई पृथ्वीको जुम्ल्याहा पनि भनिन्छ, किनकि यिनीहरुको आकार झण्डै उत्रै र लगभग समान मास छ । तर पनि केही आश्चार्यचकित पार्ने फरकहरु पनि छन् । 

वैज्ञानिकहरु यसलाई एक विषालू वातावरणले घेरिएको मान्छन् । यसको सतहको तापक्रम ८८० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने बताइन्छ । वैज्ञानिकहरुले के पृथ्वीमा जस्तो शुक्र ग्रहमा पनि टेक्टोनिक्स प्लेट छ भनी लामो समयदेखि खोज गर्दै आइरहेका छन् किनकि यो ग्रह भूवैज्ञानिक रुपले सक्रिय रहेको थियो । 

तर हालै खगोलविदहरुले शुक्र ग्रहको सतहमा अनौँठो औँठी जस्तो आकारमा आगोको रिङ देखा परेको बताएका छन् । वैज्ञानिकहरुका अनुसार  शुक्र ग्रहमा एकसाथ ३७ वटा भयानक ज्वालामुखी सक्रिय छन् । ती ज्वालामुखीहरु छिनछिनमा विस्फोट हुने गरेका छन् ।

मेरिल्याण्ड विश्वविद्यालयका वैज्ञानिकहरुले शुक्र ग्रहका सक्रिय ज्वालामुखीहरु पत्ता लगाएका हुन् । यसअघि शुक्र ग्रहको टेक्टोनिक प्लेट शान्त रहेको अनुमान गरिँदै आएकोमा पछिल्लो खोजले त्यसलाई गलत सावित गर्दै ज्वालामुखी विस्फोटका कारण शुक्र ग्रहमा रहेका टेक्टोनिक प्लेटहरुमा हलचल भैरहेको र भूकम्प पनि आउने गरेको पुष्टि गरेको हो ।

नेचर जियोसाइन्समा प्रकाशित उक्त अनुसन्धान रिपोर्ट अनुसार ज्वालामुखी विस्फोटकै कारण शुक्र ग्रहको सतहमा ठूलो संख्यामा गोलाकार खाल्डाहरु बनेका छन् । ती खाल्डाहरुलाई कोरोने अर्थात् कोरोना भनिन्छ । यतिबेला पृथ्वीमा सक्रिया कोरोना भाइरस हो भने शुक्र ग्रहमा सक्रिया ‘कोरोना’ ज्वालामुखीबाट बनेका गोलाकार खाल्डाहरु हुन् । ल्याटिन भाषाको शब्द ‘कारोना’को अर्थ हुन्छ ताज, यसले उक्त ग्रह पहिलाको भन्दा अझबढी सक्रिय भएको हुनसक्ने संकेत गरेको अनुमान लगाइएको छ । 

शुक्रको दक्षिणी ध्रुवमा त्यस्ता खाडलहरु अत्यधिक छन् । सबैभन्दा ठूलो कोरोनालाई अर्टेमिस भनिन्छ । त्यसको व्यास २१ सय किलोमिटर रहेको छ ।

वैज्ञानिकहरुका अनुसार सन् १९९० देखि हालसम्म शुक्र ग्रहको सतहमा कुल १३३ वटा कोरोना अर्थात् ज्वालामुखीका खाडलहरुको अनुसन्धान गरिएकोमा ३७ वटा सक्रिय ज्वालामुखी पाइएका छन् । अहिले पनि ती ठाउँहरुबाट तातो ग्याँस निस्किरहेको वैज्ञानिकहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर