• आइतबार ४-३२-२०७७/Sunday 08-16-2020/ 02:07 am

कोरोनाबाट बेलायतमा थप एकजना नेपालीको निधन

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ ।

 गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
 
समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ ।
      
सङ्घका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अवैध बन्दुकसहित दुईजना पक्राउ

  • ३१ श्रावण, २०७७

पाल्पा । पाल्पामा अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन । जिल्लाको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीस्थित बेल्गामा

पाल्पामा भरुवा बन्दुकसहित एकजना पक्राउ

  • २९ श्रावण, २०७७

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले एकजना पुरुषलाई अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक सहित पक्राउ गरेको छ । जिल्लाको रैनादेवी छहरा

पाल्पामा बोक्सीको आरोपमा कुटपिट गर्ने दुई पक्राउ

  • २५ श्रावण, २०७७

पाल्पा । बोक्सीको आरोप लगाएर कुटपिट गर्ने दुई जनालाई  जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । नवलपुर जिल्ला देवचुली नगरपालिका–४ का ५६