• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

दोस्रो पुस्ताका नेताका उत्ताउलो कुरा

हरेक ठूला पार्टीको नेतृत्व, देशको नेतृत्व युवामा, कम्तीमा दोस्रो पुस्तामा जाओस् भन्ने व्यापक र चर्को आवाज छ हाम्रो मुलुकमा । त्यसैगरी नेकपाको चालू विवाद समाधान गर्ने सन्दर्भमा पनि यस पार्टीको दोस्रो पुस्ताका नेताहरुले कामयाब भूमिका खेलोस् भन्ने आशा र विश्वास पाल्नेहरु पनि थुप्रै छन् । तर, विडम्बना, दोस्रो पुस्ताका भनिएका केही नेताहरु उत्ताउलो कुरा गर्दै उत्तेजना फैलाउन पो उद्दत भै रहेको देखिन्छ, जस्तो

१) बहुमत भए किन प्रयोग भएन ?
२) अध्यक्ष हुने भए महाधिवेशन र प्रधानमन्त्री हुने भए चुनाव पर्ख ।
३) फलानोको नाममा भोट मागेर सफलता प्राप्त गरेको ।
४) आफू प्रम हुँदा सीमा विवादमा केही नगर्ने अहिले सरकारले गर्दा जस लिन खोज्ने ।
५) नेकपाको विवाद भारतको इसारामा । आदि ।

फलाना किसिमको कार्यकर्ता, नेताले उधृत खालको कुरा गर्नु बेग्लै कुरा हो तर निकट भविष्यमा नै पार्टीको, देशको सम्पूर्ण जिम्मा लिनु पर्ने भनिएका दोस्रो पुस्ताका नेताहरुले यस्ता कुरा गर्नु घोर अपसकुन हो । किनकि, सत्य कुरा त हानिकारक हुन्छ भने जहिले पायो उही बेला, जस्ताको तस्तै, जुन पायो उही ठाउँमा राख्नु हुन्न भने सत्याम्श थोरै नी नभएको अथवा दम नभएको उक्त खालको कुरा गर्नु बेकार छ, हानिकारक छ त्यसले वातावरण र स्वास्थ्य मात्र बिगार्छ ।

उक्त खाले हरेक कुरा खण्डित हुने खालको मात्र होइन, कतिपय त उल्टो आफैलाई प्रहारक ९बुमेर्याङ वाला० छ, जस्तो कि, माथि बुँदा ४ को कुरा कमरेड शंकर पोख्रेल लगायत ले गर्नु भएको भनेर बहुत प्रचारमा छ, यसैमा थोरै चर्चा गर्ने हो यसरी गर्न सकिन्छ :
१) बेलाको बातु भनिए जस्तै कुनै पनि कार्यको लागि परिस्थिति तयार हुनु पर्छ, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्ने कुरा यो भन्दा अघि वा पूर्व प्रमहरुलाई थाहा नभएर अहिलेको जस्तो नक्सा ननिकालिएको होइन ।

यस्तै प्रश्न गर्ने हो भने प्रति प्रश्न गर्न सकिन्छ, केपि कमरेड अघिल्लो पटक प्रम हुँदा चाहिँ किन अहिलेको जस्तो नक्सा सरकारले निकालेन ? अघिल्लो पटक केपी कमरेड प्रम हुँदा भारत भ्रमणमा जाँदा किन लिपुलेक, लिम्पियाधुरा विषयमा एक शब्द पनि उठाइएन ?

अझ अगाडि गएर भन्ने हो भन्ने हो भने, विज्ञ र अध्येताहरुको भनाइमा, भारतसँग सीमा जोडिएको नेपालको २८ जिल्ला मध्ये २५ जिल्लाको करिब ७१ स्थानमा सीमा विवाद छ, सीमा मिचिएको छ, के ती सबै मिचिएको भूमि समेटेर अहिलेको नक्सा निकालिएको हो ? अवश्य होइन, त्यसो भए के लिपुलेक, लिम्पियाधुरा बाहेक सीमा मिचिएको कुरा वर्तमान सरकारलाई थाहा नभएको हो ?

कुरै गर्ने हो भने खुदै प्रम ज्यूको गृह जिल्ला झापा, भद्रपुर पूर्वको जङ्गे पिलर क्रस गरेर भारतले सीमा मिचेको छ, प्रमज्यू को गृह अञ्चल मेचीको इलामको पशुपति नगर, फाटकमा सीमा मिचिएको छ । ती मिचिएको भूमि अहिलेको नक्सामा समिटियो त रु लिपुलेक, लिम्पियाधुरा पछि सबभन्दा धेरै सुस्ताको भूमि, केही वर्ष अघि जुन भूमि, सीमा रक्षाको लागि भारतीय सुरक्षाकर्मीको गोली लागी गोविन्द गौतमले सहादत प्राप्त गर्नु भएको थियो । सो भूमि अर्थात् कञ्चनपुर जिल्लाको भूमि अहिलेको नक्सामा समेटियो त रु समेटिएको छैन भने के यी कुरा वर्तमान सरकारलाई थाहा नभएको भनेर आरोप लगाउने ? अथवा, सरकारको राष्ट्रभक्ति माथि प्रश्न उठाउने वा संका गर्ने ?

पार्टी भित्रको विवादलाई एक पक्षले भारतको इसारामा भन्दा अर्को पक्षले एमसिसिको कारण अमेरिकाको इसारामा भन्यो भने के हुन्छ ?

फेरि पनि अथवा निष्कर्ष :
१) काम, बात बेलाको हुन्छ वा बेला आए पछि हुन्छ ।
२) सरकारले नयाँ नक्सा निकालेको लाख लाख बधाई छ, यसको ठूलो महत्व छ, यसो भन्दैमा अरु सबैको राष्ट्रभक्ति मा प्रश्न उठाउने काम नगरौं ।
३) पार्टी को विवाद आफ्नो विवाद हो, गतिशील र लोकतान्त्रिक पार्टीमा कहिलेकाहीं विवाद आउँछ, यसलाई धैर्यतापूर्वक विधिपूर्वक हल गर्नेतिर लागौं, कृत्रिम, स्वार्थपरक आरोप प्रत्यारोपको कष्ट नगरौं ।
४) पहिलो, दोस्रो मात्र होइन कुनै पनि तहको नेता वा कार्यकर्ता अथवा नेकपाको, देश र जनताको भलो चाहनेले विवादमा उकेरो लाउने काम नगरौं ।

जमाना छिप्पिएको छ, भ्रम थोरैलाई मात्र पार्न सकिएला, गलत तर्क, विचार स्थापनाको निरर्थक र असफल प्रायसले आफैलाई विस्थापन गर्नेछ, आफ्नै नियत, हैसियत उदाङ्गो हुनेछ, हजुहरुको जो विचार ।

(सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य राजेन्द्र राईले सामाजिक सञ्जालमार्फत व्यक्त विचार)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर