• सोमबार ४-२६-२०७७/Monday 08-10-2020/ 01:29 am

सालको काठ सहित ११ जना पक्राउ

दाङ । राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय  शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय राहुल भुषाल, पिपरखुटीका २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका–८ सुकुम्वासी गाउँका २४ वर्षीय दुर्गे थापा, सोही ठाउँ कहलुवाका १९ वर्षीय  हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सञ्जीव विक रहेका छन् ।

उनीहरुको साथबाट १५ थान सालको चिरान घप्पुसमेत बरामद गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रवीण बिडारीले जानकारी दिए । उनीहरुले इलाका प्रहरी कार्यालय भालुवाङबाट गएका दुई प्रहरीमाथि कुटपिटसमेत गरेका थिए ।

उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन् । पक्राउ परेकाहरुलाई वन पैदावर ओसारपसार कसुर अपराधअन्तर्गत कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोनाको लक्षण मिल्ने एक पुरुषको मृृत्यु, पुष्टी हुन बाँकी

  • २५ श्रावण, २०७७

जनकपुरधाम । धनुषामा कोरोनासंग मिल्दो जुल्दो लक्षण रहेका एक जना पुरुषको मृत्यु भएको छ । केही दिन यतादेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको सो

‘घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन

  • २५ श्रावण, २०७७

दार्चुला । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला आइपुगे । गत

सशस्त्र प्रहरीका नौ जवानमा कोरोना संक्रमण पुष्टि

  • २५ श्रावण, २०७७

महोत्तरी । महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र