• आइतबार ४-३२-२०७७/Sunday 08-16-2020/ 12:55 am

चौध लाख नगदसहित चार जुवाडे पक्राउ

सोलुखुम्बु । जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ । उनीहरुको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । यति ठूलो परिमाणमा जुवा खालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा कोरोना संक्रमण

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टी भएको छ । जनकपुरधामस्थित प्रादेशिक

सिरहाको औरही गाउँपालिकामा व्यापक अनियमितता

  • ३१ श्रावण, २०७७

जनकपुरधाम । कुनै पनि संस्थाले हरहिसाब बुझाउँदा कुन शिर्षकमा कती खर्च भयो त्यो छुट्याएर प्रस्तुत गर्नु पर्ने हुन्छ । तर, प्रदेश दुईको सिरहा जिल्लाको

घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु 

  • ३१ श्रावण, २०७७

झापा  ।  निर्माणाधीन घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिक गम्भीर घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय